२ जेष्ठ २०८१, बुधबार
भदौ ३१ गते थारू समुदायलाई सार्बजनिक बिदा

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०८०, बिहीबार १८:२९

दाङ : लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।

२०७९ चैत्र १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा दाङ्ग, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिन दिइने लुम्बिनी गृह मन्त्रायका अधिकृत माधव शर्माले जनाकारी दिए ।

Nabintech