१ जेष्ठ २०८१, मंगलवार
कोहलपुर नगरपालिका वडा नं. १० ले हस्तान्तरण गर्यो ट्राफिक सचेतनाका सामाग्रि

  • टाइम्स संवाददाता

  • ३ आश्विन २०८०, बुधबार १८:२८

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको कोहलपुर नगरपालिका वडा नं. १० ले आफनै सहयोगमा कोहलपुर हाईस्कुल स्थित अस्थाई ट्राफिक प्रहरी पोष्टलाई ट्राफिक सचेतना सम्बन्धित सामाग्रिहरु एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

कोहलपुर नगर पालिका वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराई, तथा वडाका जनप्रतिनिधि, स्थानियवासि, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगाएतको उपस्थितीमा उक्त सामाग्रिहरु हस्तान्तरण गरिएको बताईएको छ ।

 

हाईस्कुल स्थित त्रिभुवन माध्यामिक बिद्यालयमा अध्यनरत वालवालिका एबं त्यस आसपासमा रहेका बिद्यालय कलेज एबं बटुवाहरुलाई दुर्घटना न्युनिकरणमा टेवा पुगोस भन्ने हेतुले ट्राफिक सचेतनाहरु , जेब्रा क्रसबाट मात्र सडक पार गरौं, हर्न निशेध बिद्यालय क्षेत्र, जथाभावि रोक्न निशेध, यात्रु ओराल्ने र चढाउने मात्र जस्ता नारा अंकित ८ थान होर्डिङ बोर्ड, जनचेतनामुलक पर्चा पम्पलेट २ हजार थान हस्तान्तरण गरिएको स्थानिय समाजसेवी धुव्रराज बुढाक्षेत्रिले कोहलपुर टाईम्सलाई जनाएका छन ।

सामाग्रि बुझदै प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले सडक दुर्घटनाबाट आम नागरिकलाई बचाउन ट्राफिक सचेतनाका बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिएको र यो क्रम निरन्तर रहने बताएका छन । मातरले बिद्यालयहरुमा समेत स्वयम पुगरे सचेतनाका क्रियाकलापहरुलाई निरन्तरता दिईरहेको बताए ।

अत्याधिक दुर्घटना हुने कोहलपुरको यस हाईस्कुल क्षेत्रमा प्रहरी सहायक निरीक्षक आएदेखिन ट्राफिक नियममा कडाई भएको र दुर्घटना समेत कम भएको स्थानिय समाजसेवी धु्रवराज बुढाक्षेत्रिको भनाई रहेको छ ।

ट्राफिक सामाग्रि हस्तान्तरण कार्यक्रममा नगर प्रहरी प्रमुख वीर बहादुर थापा, वडा अध्यक्ष गौरा भट्टराई लगाएत स्थानिय शिक्षक बिद्यार्थी, समाजसेवी, ब्यबसायीहरुको समेत सहभागिता रहेको थियो ।

Nabintech