८ जेष्ठ २०८१, मंगलवार
काेहलपुरमा मिस्टर्स एण्ड मिस प्रतियोगिता संचालन हुने

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८०, शनिबार ११:३८

कोहलपुर:  युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु¥याउने उद्देश्यले मिस्टर्स एण्ड मिस प्रतियोगिता कोहलपुरको आयोजना गरिने भएको छ । कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार आज (शनिबार) पहिलो चरणको छनौट प्रक्रिया हुँदैछ ।

पश्चिम नेपालको सबैभन्दा ठुलो धनराशी र अवसर भएको सौन्दर्य प्रतियोगिताको नारा दिएर प्रतियोगिताको तयारी पुरा गरेको इभेन्टका निर्देशक रोनिश गौतमले बताए । यस अघि सन् २०२३ मा मिस एण्ड मिस्टर कोहलपुर प्रतियोगिता भव्य रुपमा सफल भएको आयोजकको दावी छ ।

सन् २०२३ पछि कोरोना महामारीका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आयोजक संस्थाले ४ वर्ष पछि पुनः प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवती सहभागी हुन सक्नेछन् ।

प्रतियोगिता बिजेता प्रतियोगीलाई नगद सहित शैक्षिक छात्रवृती समेत प्रदान गरिने इभेन्टका निर्देशक गौतमले बताए । प्रतियोगितामा सहभागी प्रतियोगीहरु भौतिक तथा शारिरीक सुरक्षाको पूर्ण रुपमा संवेदनशीलता अपनाएर प्रतियोगिताको आयोजना गरिन लागेको आयोजक संस्थाले दावी गरेको छ ।

सौन्दर्य प्रतियोगिताहरुमा प्रतियोगीहरुलाई दुव्र्यवहार जन्य क्रियाकलापहरु हुने गरिएको यदाकदा समाचार आउने गरेकाले हामीले प्रतियोगितालाई मर्यादित तवरले पुरा गर्ने गरी तयारी तथा व्यवस्थापन दुरुस्त पारेको इभेन्टका निर्देशक गौतमले दावी गरेका छन् ।

Nabintech