४ जेष्ठ २०८१, शुक्रबार
राप्तीसोनारीस्थित गौरी सामुदायिक बनमा बृक्षारोपण

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८०, शनिबार १३:३७

नेपालगञ्ज : राप्तीसोनारी ४ गौरी सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । सिक्टा सब डिभिजन बन कार्यालय बैशाको आयोजनामा यस आर्थिक बर्षको पहिलो बृक्षारोपण गरिएको रेन्जर मान बहादुर थापाले बताए ।

आर्थिक बर्ष २०८०/८१ मा २८ हेक्टर जमिनमा बृक्षारोपण गर्ने लक्ष्य अनुरुप यस बर्षको पहिलो सुरुवातमा गौरी सामुदायिक बनमा ४ हेक्टर जमिनमा बृक्षारोपण गरिएको रेन्जर थापाले उल्लेख गरे । उनका अनुसार बाँकी वडा नं. ४ कै जलहन सामुदायिक बनमा बृक्षारोपण गरिने छ ।

कार्यक्रममा वडा अध्यक्ष मिनराज खड्का सन्तोष, सामुदायिक बन समिति अध्यक्ष कुल बहादुर पुन, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज बरिष्ठ सई लक्ष्मी प्रसाद आचार्य लगायत आम उपभोक्ताले बृक्षारोपण गरेका थिए ।
Nabintech