३१ बैशाख २०८१, सोमबार
दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते

खुकुरी हान्ने अपराधी पक्राउ


  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८०, शनिबार १७:२५

दाङ :  दाङमा खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ,  भने २ जना गम्भीर घाइते भएका छन्।  शनिबार दिउँसो करिब साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब  ३९  वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासि  खुकुरी प्रहार गर्दा उनको  घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।यस्तै, २ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए।  गम्भिर घाइते  हुनेमा सोही ठाउँ ४५ वर्षीय  वीरबहादुर हमाल र करिब  ६५ वर्षीया कमला कुमारी हमाल छन्।

कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेतर्फ रिफर गरिएको छ। वीर बहादुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुरलाई निजकै घरभित्र लुकिछिपी बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ।  खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Nabintech