१ जेष्ठ २०८१, मंगलवार
मिस एण्ड मिस्टर कोहलपुरको पहिलो अडिसन सम्पन्न

  • बिकल भट्टराई

  • ६ आश्विन २०८०, शनिबार १७:४८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा मिस्टर्स एण्ड मिस कोहलपुर २०८० प्रतियोगिताको पहिलो चरणको छनौट प्रक्रिया आज शनिवार सम्पन्न भएको छ ।


युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुर्याउने उद्देश्यले आयोजना गरिएको मिस्टर्स एण्ड मिस प्रतियोगिता कोहलपुर २०८० को आज पहिलो चरणको छनौट प्रतियोगिता सम्पन्न भएको हो । आज सम्पन्न भएको छनौट प्रतियोगितामा ४ जना सहभागी रहेका थिए । २ महिला र २ पुरुषले सहभागिता जनाएको उक्त कार्यक्रममा छोटो समय र प्रचार प्रसार गर्ने समय कम भएकाले पहिलो चरणको छनौट प्रतियोगितामा कम सहभागी रहेको र दोस्रो चरणको छनौट प्रतियोगितामा धेरै जनाको सहभागि हुने इभेन्टका निर्देशक रोनिश गौतमले बताए ।

कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको यो प्रतियोगिता पश्चिम नेपालको सबैभन्दा ठुलो धनराशी र अवसर भएको सौन्दर्य प्रतियोगिता रहेको छ, प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवती सहभागी रहेका छन ।

प्रतियोगिता बिजेता प्रतियोगीलाई नगद सहित शैक्षिक छात्रवृती समेत प्रदान गरिने इभेन्टका निर्देशक गौतमले बताए । प्रतियोगितामा सहभागी प्रतियोगीहरु भौतिक तथा शारिरीक सुरक्षाको पूर्ण रुपमा संवेदनशीलता अपनाएर प्रतियोगिताको आयोजना गरिएको आयोजकले दावि गरेको छ ।

Nabintech