१ जेष्ठ २०८१, मंगलवार
यी चार प्रदेशमा आज ठूलो वर्षा, तराईमा हावाहुरीको सम्भावना

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०८०, आईतवार ०६:३४

काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भू–भागमा हावाहुरीसमेत चल्नेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ।

Nabintech