१ जेष्ठ २०८१, मंगलवार
कृषि अध्ययनका लागी अनलाइन आवेदन खुला

शिक्षामा राज्यको नितीका कारण अध्यन गर्नेहरुको समेत कमि हुदै


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०८०, आईतवार १४:१६

कोहलपुर, बाँके: कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनले आफ्ना सबै आंगिक तथा निजि कलेजहरुका लागि एकद्धार पद्धतिबाट शैक्षिक सत्र २०८०/०८१ का लागि कृषि स्नातक (B.Sc.Ag) तहको प्रवेश परीक्षाको  कृषि स्नातक तहमा प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । आईतबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट मार्फत विश्वविद्यालयले नयाँ शैक्षिक सत्रकालागी बिएस्सीएजी तर्फ अनलाईन आवेदन खुलेको जनाएको हो ।

पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापीत गोरखा स्कुलको सह संस्थाका रुपमा कोहलपुर नगरपालिका वडा नं. २ मा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर संचालनमा रहेको छ । स्नातक तहमा बिएस्सीएजी कार्यक्रम संचालन भईरहेको उक्त कलेज गोरखा स्कुलको एउटा युनिट हो ।गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर रामपुर कृषि  कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनबाट सम्बन्धन प्राप्त कलेज हो ।

 

प्रवेश परीक्षाको आवेदन फारम भर्नकालागी एसएलसी/एसइइ वा सो सरहको परीक्षामा कम्तीमा द्वितीय श्रेणी वा “सी ग्रेड”मा उत्तिर्ण भई आई.एस्सी (विज्ञान) वा १०+२ (विज्ञान) वा १०+२ (कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान) विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तीमा ४५% अङ्क वा प्रत्येक विषयमा “सी ग्रेड”का साथै कूल प्राप्ताङ्क “सी जीपिए” मा २.२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने क्याम्पसले जनाएको छ ।आवेदन फारम भर्ने अवधी असोज १२ गतेसम्म तोकिएको छ । जसकालागी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको वेबसाइट www.afu.edu.np/admission बाट अनलाइन आवेदन फारम भर्न सकिने छ ।

विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अहिले चितवनकासाथै काठमाण्डौंबाट समेत ईन्टार्स दिने ब्यवस्था मिलाईएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका अनुसन्धान तथा प्रसार निर्देशनालय निर्देशक डा. ऋषिराम कट्टेलले जानकारी दिए । आगामी दिनमा विध्यार्थीहरुको माग र आवश्यकताका आधारमा अन्य ठाँउबाट समेत प्रवेश परीक्षा दिनसक्ने ब्यवस्था मिलाईने कट्टेलले बताए ।

२०७५ सालदेखी पश्चिम नेपालका विद्यार्थीहरुलाई लक्षित गरी स्नातक तहमा कृषी संकाय संचालन गर्दै आएको गोरखा क्याम्पसबाट चौंथो ब्याचका विद्याथीहरु पास आउटको तयारीमा रहेको जनाउँदै क्याम्पस प्रमुख तिवारीले उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा केही विद्यार्थीहरुले प्रयोगात्मक रुपमा काम गरिरहेको जानकारी दिदैं तिवारीले थप इन्टर्नसिपकालागि उनिहरुलाई ईजरायल पठाउने तयारी भईरहेको बताए । नेपालमै इन्टर्नसिप गरेका वा ईजरायलबाट इन्टर्नसिप गरेर फर्किएका विद्यार्थीहरुलाई मात्र क्याम्पसले शैक्षिक सिकाईको प्रमाणपत्र उपलब्ध गराउने तिवारीले जानकारी दिए ।

गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टरका प्रमुख ईश्वर चन्द्र प्रकास तिवारीको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन कृषि संकायका सह प्राध्यापक रामहरी तिमिल्सेना, पशु बिज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका मातृका जम्मरकट्टेल, अनुसन्धान तथा प्रसार निर्देशनालयका ऋषिराम कट्टेल,उप प्राध्यापक सुर्यमणि ढुङगाना, लगाएतले नेपालमा कृषि तथा वन विज्ञानको वर्तमान अवस्थाका बारेमा प्रकास पारेका थिए ।

बक्ताहरुले कृषि शिक्षा आफैमा गहन भएको जनाउदै कृषि बिज्ञानबाट उत्पादित जनशक्तिहरुलाई कृषिमा रुपान्तरण गर्न निकै चुनौतीपुर्ण रहेको औंल्याएका छन । शिक्षामा राज्यको नितीका कारण अध्यन गर्नेहरुको समेत कमि हुदै गएको भन्दै प्रबेश परिक्षा दिन चितवन र काठमाण्डौ जानपर्ने बाध्यकारी नियमले थोरै मात्र बिद्यार्थीहरु कृषि विज्ञान अध्यन गर्ने गरेको बताए । बक्ताहरुले कृषि प्रणाली व्यवसायिक हुन नसकेको र प्लस २ गर्ने बित्तिकै तेस्रो मुलुक जाने परिपाटिले दक्ष जनशक्ति पलायन हुदै गएको सन्दर्भमा आउदा दिनहरुमा प्रबेश परिक्षालाई विद्यार्थीहरुको पाएक पर्ने स्थानमा हुनुपर्ने वारे सरोकारवाला निकायलाई घच घचाउने प्रतिबद्धता समेत जनाएका छन ।

Nabintech