१ जेष्ठ २०८१, मंगलवार
नेपालमा ताजा उत्पादनका उत्पादकहरूलाई खाद्य सुरक्षा तालिम

कोहलपुर, ईटहरी, धनगढि, काठमाण्डौ लगाएतका शहरहरुमा समेत बिभिन्न कार्यक्रमहरु संचालनमा


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०८०, आईतवार १५:२२

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा नेपालमा ताजा उत्पादनका उत्पादकहरूलाई खाद्य सुरक्षा सम्बन्धि एक दिने तालिम होटल म्याक्स कोहलपुरमा आयोजना गरिएको छ ।युएसआईडि फुड्स फेस्टि एनोभेसन परियोजनाको सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय रामपुर चितवन, सहभागि राष्ट्रिय गैर सरकारी संस्था, टेनेसी स्टेट युनिभर्सिटि, असु अरिजोना युनिभर्सिटिको साझेदारीमा अनुसन्धानमुखि यो परियोजनाको तालिममा कृषि प्रसार कर्मिहरु, कृषि प्राबिधिकहरुर अगुवा कृषकहरुकोसहभागिता रहेको प्रशिक्षक तथा अनुसन्धानकर्ता विश्वविद्यालयका सह प्राध्यापक रामहरी तिमिल्सेनाले कोहलपुर टाईम्सलाई बताए ।

फलफुल उपभोग गर्दा कस्तो पानीले सफा गरेर खाने, सलाद खाँदा समेत मान्छेहरुमा बिभिन्न रोगहरु लाग्ने गरेको जस्ता बिषय बस्तुमा केन्द्रित रहदै तालिमले खाद्य पदाथ एबं खाद्य सुरक्षा सम्बन्धि सचेतना र अनुसन्धानमा टेवा पुग्ने बताईएको छ । तालिमका मुख्य अनुसन्धानकर्ता एबं प्रशिक्षक रामहरी तिमिल्सेनाका अनुसार तालिमको सहजिकरण डा. ऋषिराम कट्टेल, डा. सावित्रि अधिकारी, सरोजराज पौडेल, डा. पुष्कर बहादुर पाल, अमित भुसन सुमन, बिनिता शर्मा, लगाएतले गरेका छन ।

तालिमको मुख्य उद्धेश्यबारे प्रकास पार्दै विश्वबिद्यालयका सह प्राध्यापक रामहरी मिमिल्सेनाले ताजा तरकारी तथा फलफुल खाने परिपाटि नेपालमा बढदै गएकाले खाने बारेका बिभिन्न टिप्सहरु नजान्दा झाडा पखाला लगाएत रोगहरुबाट नेपालीहरु आक्रान्त हुने गरेकाले उत्पादनगर्ने किसान, कृषि प्राविधिक तथा फलफुल बालि सम्बन्धित पक्षलाई सुसोचित गर्नु रहेको हो । यस परियोजना अन्तरगत कोहलपुर, ईटहरी, धनगढि, काठमाण्डौ लगाएतका शहरहरुमा समेत बिभिन्न कार्यक्रमहरु संचालनमा रहेको आयोजकले जनाएको छ ।

 

Nabintech