८ जेष्ठ २०८१, मंगलवार
१३ वर्षीया बालिका बलात्कारको आरोपमा सुर्खेतबाट चार जना पक्राउ

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०८०, आईतवार १६:१४

सुर्खेत: सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्ष भन्दा कम उमेरका रहेका छन् भने एक जना  १९ वर्षीय रहेका छन् । पक्राउ पर्ने सबै जना पञ्चपुरी नगरपालिकाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार सोही ठाउँकी १३ वर्षीया बालिका रहेकी छन् । उनी बिहीबार साँझ घर नजिकैको अर्को घरमा गरिएको नाचगान कार्यक्रम हेर्नका लागि गएकी थिइन् ।त्यसैमा मौकामा चार जनाले फरक–फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरू एउटै गाउँमा हुन् । उनीहरुले योजनाबद्ध रूपमा बलात्कार गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ भने पक्राउ परेका चार जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

Nabintech