४ जेष्ठ २०८१, शुक्रबार
हपराहन्न पाँच बजे पछि कोहलपुरमा डोज्जर चल्यो ब्यापारीहरु आतंकित

उद्योग बाणिज्य संघको नेतृत्वमा सर्वपक्षिय बैठक बसि निश्चित बिन्दुमा जाने र नगर कार्य पालिकाले ठोस निती बनाई कार्यान्यन गर्ने सहमति


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०८०, आईतवार २१:१४

कोहलपुर,बाँके: ब्यापारीहरु ब्यापार नभएपछि सटर तान्ने मनस्थितीमा थिए तर बाँकेको कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यको निर्देशनमा आईतवार कोहलपुरको मुख्य भाग न्युरोड नजिक काफले प्लाष्टिक पसलमा डोज्जर लगाएर आकाशे पाली सहित सटर नै फालिदिएपछि स्थानिय ब्यापारीहरु आक्रोशित मात्र हैन आतंकित भएका छन ।

उनीहरुले तत्काल सटर बनाउन नसकिने र बिद्युतको तार समेत चुडिएपछि रातभरी काफले प्लाष्टिक सहित छेउको सुन पसल समेत असुरक्षा बढेको काफले प्लाष्टिक स्टोरका प्रोप्राईटर कृष्ण काफलले बताएका छन । यद्यपि ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पि सुन्दर तीवारीले सुरक्षा आफुहरुले दिने दावि गरेका छन ।

कोहलपुर बजार र पुर्व पश्चिम राजमार्ग वरीपरि मापदण्ड बिपरीत अतिक्रमित गरिएको भाग हटाईएको दावि गर्दै नगर प्रहरी प्रमुख विर बहादुर थापाले काफले प्लाष्टिकलाई पटक पटक प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर पालि हटाउन अनुरोध गर्दा पनि नहटाएपछि बाध्य भएर डोज्जर प्रयोग गरेको बताएका छन ।

यसरी संसाझै ब्यापारीहरुलाई रातको समयमा समस्या पर्ने गरि घर नै क्षति हुने गरि मानवतालाई समेत तिलाञ्जलि दिएर नगरले गरेको यो ब्यबहारबाट असन्तुष्ट रहेको ब्यपारीहरु न्याय पाउने आसमा ईलाका प्रहरी कार्यालय कोहलपुर गएका थिए । ईलाका प्रहरी कार्यालयमा कुनै निकास ननिस्किएपछि नगरपालिका प्रमुखलाई ईलाका आउन आग्रह गर्दा अस्विकार गरेपछि लुम्विनी प्रदेशका माननिय सांसद दुर्गा प्रसाद चौधरी, वडा नं. ११ का वडाध्यक्ष कल्पना शर्मा, ईलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारी, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल सहित बिभिन्न ब्यापारीहरु कोहलपुर नगरपालिकाको सभाहलमा उपस्थिती भएका थिए ।

नगर सभा हलमा भएको अनौपचारीक छलफलमा त्यहा उपस्थित ब्यापारीहरुले कोहलपुर नगरपालिका क्षेत्रमा कतै २१ मिटर कतै २५ र कतै ३० मिटरको मापदण्ड बनाएर कोहलपुर नगरपालिका र नगर विकास समितीले कसैलाई काखा त कसैलाई पाखाको ब्यबहार गरेको आरोप समेत लगाएका छन ।

नगर प्रहरी लगाएर कोहलपुर नगरपालिकाले मान्छेको ज्यु ज्यानलाई खतरामा पारेको र सम्पत्ति असुरक्षित पारेको भन्दै नगर सभा हलमा उपस्थित ब्यापारीहरुले नगर प्रमुख पुर्ण प्रसाद आचार्यसंग सवाल जवाफ गरेका थिए । सवाल मा जवाफ दिंदै नगर प्रमुखले मापदण्ड विपरीत बनेका संरचना भत्काउने कार्य नियोजित नभई निरन्तरता भएको बताएका थिए ।

ब्यापारीहरुले नगरका कुनै भागमा पालि राख्न दिने गरेको र कुनै भागमा पालि हटाउने नाममा नगरपालिकाले ब्यापारीहरुमाझ आतंक सिर्जना गरेको भन्दै आक्रोस समेत पोखेका थिए । पटक पटक सुचना जारी गर्दै बास्तविक अतिक्रमित स्थानलाई खालि गर्न नसकेको प्रति इंगित गर्दै आनन्दवावु काफलेले मेरै घरमा डोज्जर लाउनुले ब्यक्तिगत रिसिईवि साँधेको बताउदा मेयर आचार्यले फेसबुक स्टाटस र काफले प्लाष्टिक स्टोरमा सुचना टाँसेर नगरपालिकालाई चुनौती दिने कार्य गरेको बताएका थिए ।

कोहलपुरका सयौं ठाउमा अतिक्रमित स्थान खालि गर्ने काम हुँदा हुदै आनन्दबाबु काफलेकै घरबाट भत्काईनुले यो ब्यक्तिगत रिसिईवि नै भएको कुरा काफले पारीवारले पटक पटक दोहरयाएको थियो । यद्यपि मेयर आचार्यले जहा मापदण्ड विपरीत संरचना खडा भएका छन ती संरचनालाई निर्भिकतापुर्वक हटाउन नगरपालिका सदा तत्पर रहेको र जनताको साथ आफुलाई आबश्यक रहेको बताएका छन ।
नगरपालिकामा भएको छलफल पछि उद्योग बाणिज्य संघको नेतृत्वमा सर्वपक्षिय बैठक बसि निश्चित बिन्दुमा जाने र नगर कार्य पालिकाले ठोस निती बनाई कार्यान्यन गर्ने बिषयमा सहमति भएको छ ।

नगरको सभा हलमा भएको छलफलमा ब्यापारीहरु सिएम उपाध्याय, भरत पनेरु, वडा सदस्य सुदन ढकाल, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, सदस्य यादव बस्याल, ब्यापारीहरु मोहन चापागाई,दुर्गा प्रसाद काफले लगाएत ४ दर्जन बढिको सहभागिता रहेको थियो ।

 

 

Nabintech