३ जेष्ठ २०८१, बिहीबार
सल्यान दुर्घटना अपडेट : मृतक दुवैको सनाखत

  • टाइम्स संवाददाता

  • ८ आश्विन २०८०, सोमबार १२:१६

सल्यान : सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।  तरकारी बोकेको जीप दुर्घटनामा मृत्यु भएका दुई जना गाडी धनी र चालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अर्का एकजना गम्भीर घाइते छन्। तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाई उपचारको लागि दाङ पठाइएको छ।  सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिकै जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रोल्पाबाट दाङ तर्फ तरकारी बोकेर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेको थियो।

Nabintech