२१ बैशाख २०८१, शुक्रबार
परदेशी २ को युनिट कोहलपुरमा प्रचार प्रसारमा तिब्रता

परदेशी- २ ''२०८० सालको वडा दशैंको अवसर पारेर असोज २६ गते'' देखि देशै भरि एकै साथ प्रर्दशनमा ल्याईने


  • विकल भट्टराई

  • ८ आश्विन २०८०, सोमबार १३:००

कोहलपुर,बाँके:आगामी दशैंमा रिलिज हुने गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो फिल्म परदेशी २ को प्रचार प्रसार अभियानलाई तिब्रता दिईएको छ । प्रचारका क्रममा बाँके आईपुगेको परदेशी २ को युनिटले कोहलपुरमा रहेका बिभिन्न बिद्यालय एबं क्याम्पसमा आफुहरुले उत्पादन गरेको चलचित्रलाई प्रमोसन गर्ने भन्दै गिति नाटक सहितको प्रस्तुती पस्किरहेका छन । निर्माण पक्षले यस अघि नै फस्टलुक पोस्टर सार्वजनिक गर्दै दशैंमा फिल्म रिलिज गर्ने घोषणा गरि सकेको छ ।

नारायण इन्टरनेशनल प्रा.लि.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्मका निर्देशक नारायण रायमाझी रहेका छन । फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ । ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् र, यो चलचित्र परदेशीकै कथा–व्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो,’ निर्देशक नारायण रायमाझीले कोहलपुर टाईम्सलाई भने ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् । ‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो । ‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, सांगीतिक लगायतका कमीकमजोरीलाई समेत यो चलचित्रमा मसिनोगरी केलाउन पाएका छौं,’ निर्देशक रायमाझीले भने, ‘त्यसैले विगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी २’ अझ राम्रो र नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’

फिल्ममा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।
चलचित्र परदेशी- २ ”२०८० सालको वडा दशैंको अवसर पारेर असोज २६ गते” देखि देशै भरि एकै साथ प्रर्दशनमा ल्याईने निर्देशक नारायण रायमाझीको दावि रहेको छ ।

आज सोमवार परदेशी- २ युनिटले कोहलपुर नगर भित्र रहेका राम जानकी माध्यामिक बिद्यालय, बाल बिद्या माध्यामिक बिद्यालय तथा बागेश्वरी बहुमुखि क्याम्पसमा फिल्म प्रमोसनका कार्यक्रमहरु सम्पन्न गरेका छन ।
बागेश्वरी बहुमुखि क्याम्पसमा भएको फिल्म प्रमोसन कार्यक्रममा क्याम्पसका निमित्त क्याम्पस प्रमुख पुष्करनाथ रिजालले फिल्म युनिटका कलाकारहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्दै खादा ओढाई सम्मान गरेका थिए ।


गायक तथा फिल्म निर्देशक नारायण रायमाझिले अनौपचारीक रुपमा सञ्चालन गरेको कार्यक्रममा कलाकारहरुले फिल्म प्रमोसनका लागि गिती नाटक प्रस्तुत गर्दै ”फर्क हे परदेशी” भन्ने सन्देशमुलक कला प्रस्तुत गरेका थिए ।
फिल्म प्रमोसन कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पसका प्राध्यापक, कर्मचारी, बिद्यार्थी, स्थानिय सर्वसाधारणहरु, कलाकारहरु प्रकाश सपुत, केकि अधिकारी, नारायण रायमाझि लगाएतको उपस्थिती रहेको थियो ।

Nabintech