२ जेष्ठ २०८१, बुधबार
सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना, २५ जना घाइते

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार ०९:१६

दाङ: काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा दुर्घटनामा परेकाे हाे ।

घाइते भएकाहरुकाे उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएकाे छ ।

दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे छ।

Nabintech