६ जेष्ठ २०८१, आईतवार
नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेको पाँचौ साधारण सभा कोहलपुरमा

घर धनि र घरबहालहरुको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्ने


  • टाइम्स संवाददाता

  • ९ आश्विन २०८०, मंगलवार १९:३०

कोहलपुर,बाँके: नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशन मंगलवार कोहलपुरमा सम्पन्न भएको छ । हाम्रो संस्था हाम्रो शान, बाँके जिल्लामा घरबहालको छुट्टै पहिचान भन्ने मुल नाराका साथ आयोजित पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले घर धनि र घरबहालहरुको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिएका छन ।

दुबै पक्षको सम्बन्ध चिसिदै गएमा दुबै पक्षकै रोजिरोटिमा असर पर्ने भन्दै सांसद ढकालले ब्यापारी, घरबहालवाला र घर धनिको उद्धार गर्ने हो भने बैंकहको ब्याजदर एक अंकमा झार्नुपर्ने बताए ।

नेपालमा बनेको कानुन समेत कार्यान्यन हुन नसकेको प्रति इंगित गर्दै ढकालले घर धनि र घरबहालहरुलाई मर्का नपर्नेगरि निति निर्माण गर्न ढिला गर्न नहुने भन्दै ढकालले आर्थिक समस्याका कारण कतिपय ब्यबसायीहरु घर भाडा तिर्न समेत नसकेर ब्यबसायबाट पलाएन भएको जिकिर गरे ।

आफुले घरबहालका सम्बन्धमा कर छुट लगाएतका बिषयहरु उठान गर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद ढकालले जनसम्पर्क, विकास र जन आवाज नै आफनो मुल मन्त्र भएको बताए ।

बिशिष्ठ अतिथीको आसनबाट आफनो धारणा राख्दै नेपाल घरबहाल महासंघ नेपालका अध्यक्ष बल भद्र खनालले घरबहाल सम्बन्धित मुद्धालाई सरकारले कानुन बनाई सम्बोधन गर्नुपर्ने भन्दै घरबहाल महासंघले घरबहाल लिएर जिवनयापन गरिरहेकाहरुको हक हितका पक्षमा आफुहरुले देशै भरि काम गरिरहेको जिकिर गरे ।

स्थानिय तहले नियमित रुपमा घरबहाल कर तिर्नेहरुलाई २ प्रतिशत कर छुट गर्नुपर्ने भन्दै घरबहाल लिएर ब्यापार गरिरहेकाहरु एक एक पलाएन हुदा पनि तीनै तहका सरकारले नजर अन्दाज गरेर मात्र बसेको आरोप लगाए ।

घरबहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष तिलक सिंह कार्किको अध्यक्षतामा आयोजित पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनमा कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदी, नेकपा माओवादि केन्द्रका नगर अध्यक्ष अवराज खडका, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, रास्वपाका क्षेत्रिय सभापति आनन्दबावु काफले, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव सुनार, ईलेक्टोनिक ब्यबसायी संघ कोहलपुरका अध्यक्ष नवराज पौडेल लगाएतले अधिबेशनको पुर्ण सफलताको कामनाका साथ आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

उपभोक्ता मञ्चका बााके अध्यक्ष राधा गौतमको स्वागत मन्तब्यबाट शुरुवात गरिएको उदघाटन शत्रको कार्यक्रम पश्चात बन्द शत्र शुरु हुने र आजै नयाँ कार्य समितीको चयन गरिने आयोजकले दावि गरेको छ । घरबहाल उपभोक्ता मञ्च बाँकेका सचिव लक्ष्य बहादुर विकले सञ्चालन गरेको उक्त उदघाटन शत्रको कार्यक्रममा उद्योग बाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डि गैरे, बिभिन्न संघका अध्यक्ष, ब्यापारी, राजनितिज्ञहरुको समेत सहभागिता रहेको थियो ।

Nabintech