६ जेष्ठ २०८१, आईतवार
रझेना खानेपानीको १६ गते चुनाव, मैदानमा शाहि र जैसिको प्यानल

  • टाइम्स संवाददाता

  • १० आश्विन २०८०, बुधबार १५:२२

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको रझेना खानेपानी उपभोक्ता समितिको निर्वाचन असोज असोज १६ गते हुने भएको छ । कोहलपुर नगरपालिकाको वडा नं. ३ र ४ लाई खानेपानीको सुविधा दिईरहेको रझेना खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका लागि एमालेले एकल उम्मेदवारी दिएको छ । एमालेका तर्फबाट अध्यक्षमा उम्मेदवार केशवराज शाही रहेका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  तीन  दलिय  गठनबन्धबाट दोर्ण प्रसाद जैसीलाई अध्यक्ष पदमा प्रतिस्पर्धामा उतारिएको छ ।

एमाले नेता शाहीको नेतृत्वमा अध्यक्षमा केशवराज शाही, उपाध्यक्ष कृष्णा कुमारी योगी, सचिव सफि महम्मद गुज्जर, कोषाध्यक्ष गणेश मेदासि शाही, सदस्य तिर्थराज बुढा, लालसरि बुढा, रिता जैसी, कल्पना मल्ल र टेकबहादुर डागी रहेका छन । यसैगरि नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  तीन  दलिय  गठनबन्धबाट अध्यक्ष दोर्ण प्रसाद जैसी, उपाध्यक्ष गोपाल प्रसाद अधिकारी, सचिव दान प्रसाद न्युरे ,कोषाध्यक्ष निर्मला शर्मा , सदस्यहरुमा टेक प्रसाद न्यौपाने ,विजया योगी, डम्मर बहादुर खत्री, दुर्गाप्रसाद रेग्मी र लालबहादुर बस्नेत रहेका छन ।

साधारण सभा सम्पन्न भएको धेरै समय बिति सक्दा पनि निर्वाचन कार्यक्रम सार्वजनिक हुन सकेको थिएन । निर्वाचन कार्यक्रम सार्वजनिक संगै उम्मेदवारहरुले आ आफनो चुनाव चिन्ह लिएर गाउ टोलमा प्रचार प्रसारका लागि जुटेका छन । एकातिर एमाले मात्र र अर्कोतिर नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  तीन  दलिय  गठनबन्धबाट चुनावी मैदानमा होमिएका उम्मेदवारले आ आफनो प्यानलले जित हासिल गर्ने दावि गर्दै आएका छन । कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले साधारण सभाको उदघाटनका बखत वडा अध्यक्ष माधव रिजाल प्रति १ घण्टा बढि खर्च गरेर मन्तब्य दिंदा आलोचना समेत भएको उक्त उपभोक्ता समितीको निर्वाचणको परिणाम कुन पक्षलाई जाने हो अर्थपुर्ण तरीकाले हेरिएको छ ।

 

Nabintech