६ जेष्ठ २०८१, आईतवार
दुई बर्षभित्र देशका ग्रामिण स्तरमा समेत बिद्युत लाईन विस्तार हुन्छ: मन्त्रि वस्नेत

  • टाइम्स संवाददाता

  • १० आश्विन २०८०, बुधबार १७:३१

जानकी,बाँके: उर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेतले पुर्व मेचिदेखि पश्चिम महाकालि, उत्तर हिमाल देखि दक्षिण तराई मधेसका ग्रामिण ईलाका सम्म आउदो २ बर्ष भित्र पुर्ण रुपमा विद्युतिकरण गर्नेगरी सरकारले तिव्र गतिमा काम गरिरहेको बताएका छन । बुधवार बाँकेको जानकी गाउँपालिका –५ बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत रहेको १३२–३३ केभी सबस्टेशनको शिलान्यास गर्दै मन्त्री बस्नेतले दुई वर्षपछि देशको सबै ठाउँमा विद्युत पुग्ने दावि गरे ।

उनले दुई वर्षभित्र हुम्लाको मन्खासम्म विद्युत पुगाएर देशको सबै भू–भागलाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ अहिले तिव्र गतिमा विभिन्न आयोजनाको निर्माण कार्य चलिरहेको जानकारी गराए । आर्थिक विकासका लागि बिद्युत र सिंचाइँ सबैभन्दा महत्वपूर्ण कुरा हुन् सरकारले बिद्युत र सिंचाइँको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको भन्दै माननिय मन्त्रि वस्नेतले केही समयमै यसको प्रत्यक्ष लाभ जनताले पाउनेमा ढुक्क रहन आग्रह गरे ।

आयोजना निर्माण निर्धारित समयभन्दा पहिले नै समाप्त गर्नेगरी काम गर्न सो अवसरमा मन्त्री बस्नेतले निर्माण कम्पनी विद्युत प्राधिकरणलाई निर्देशन दिंए । आयोजनाबारे जानकारी गराउँदै कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख रन्जन गुरुङले २०० मेघावाट क्षमताको यो सबस्टेशन निर्माण भएर बिद्युत आपूर्ति सुरु भएपछि बाँकेका विद्युतसम्बन्धि सबै समस्या समाधान हुने बताए । उनले डेढ अर्बको लागतमा निर्माण गरिने सो आयोजना र सबस्टेशनको निर्माण कार्य दुई वर्षमा पूरा गर्नेगरी पावर चाइना सेपको नामक कम्पनीले ठेक्का पाएको बताए ।

सो अवसरमा जानकी गाउँपालिका –५ का वडा अध्यक्ष टीकाराम यादव, लुम्बिनी प्रदेश सभाका सदस्यहरु रत्न खत्री र बादशाह कुर्मी, नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले आयोजनाका बारे चर्चा गरेका थिए । कार्यक्रममा पुर्वमन्त्री सत्या पहाडी, उर्जा, जलश्रोत र सिंचाइँ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी, सिंचाइँ विभागका महानिर्देशक चुर्न ओली, बाँके जिल्लाका प्रहरी तथा प्रशासन प्रमुखको समेत सहभागिता रहेको थियो ।

Nabintech