२४ मंसिर २०८१, सोमबार
आठ बर्षिय वालक मृत भेटिएपछि सुर्खेत तनाबग्रस्त

उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तद्धारा तोडफोड सहित आगजनी


  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८०, शनिबार १४:३९

सुर्खेत: सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने आठ वर्षका सलाम पुलासी मृत भेटिएका हुन ।

उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ रहेको प्रहरीले जनाएको छ । गएराति उनी छात्रावासकै कोठामा झुण्डिएको अवस्थामा देखेपछि अरु विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए ।

बालकको मृत्युको विषयलाई लिए स्थानीय र आफन्तले छात्रावास तोडफोड र आगजनी गरेका छन् । उनीहरुले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले विद्यालयका  सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ ।

होस्टेलमा कक्षा २ मा अध्यायनरत बालक झुण्डिएको अवस्थामा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुल बालकका आफन्तले तोडफोड सहित आगजनी गरेका छन् ।

शुक्रबार विद्यालको होस्टेलमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरीरहेको छ । यस घटनाका कारण बालकका आफन्तहरु आन्दोलित भई विद्यालयमा आगजनी गर्दा पनि यस विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।

Nabintech