७ श्रावण २०८१, सोमबार
चित्रकला प्रतियोगितामा जनज्योति पब्लिक स्कुल प्रथम

सामुदायिक र संस्थागत विद्यालय गरी ४३ वटा विद्यालय चित्रकला प्रतियोगितामा सहभागि


  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८०, शनिबार १५:०२

कोहलपुर,बाँके:राष्ट्रिय बाल दिवसको अवसरमा कोहलपुर नगरपालिकामा रहेका आधारभुत र माध्यामिक विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा जनज्योति पब्लिक स्कुल प्रथम हुन सफल भएको छ ।

‘सामाजिक विकृति तथा विसङ्गति र अपराध विरुद्ध बालबालिकाको जागरुक बनाउने’ उद्देश्यले आयोजना भएको चित्रकला प्रतियोगितामा आवि र माविमा जनज्योति पब्लिक स्कुल प्रथम भएको हो । ‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं’ भन्ने मुल नाराका साथ नगर स्तरीय युवा क्लब सञ्जाल र बाल क्लब सञ्जालको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर, क्रिसा बाँके, प्याब्सन बाँके, एन प्याब्सन बाँकेको सहकार्यमा शुक्रबार चित्रकला प्रतियोगिता भएको  हो  ।

प्रतियोगितामा जनज्योति पब्लिक स्कुलका माविमा निशान्त बिष्ट र आविमा श्रृष्टी शाही प्रथम स्थान प्राप्त गरेका छन् । यस्तै आवितर्फ डायनामिक माध्यामिक स्कुलकी एञ्जिली पुन र मावि तर्फ कोहलपुर बागेश्वरी स्कुलकी रक्षा शाही द्धितीय स्थान प्राप्त गरेका छन् । यस्तै आवितर्फ निम्बल एकेडेमीकी आरजु पाण्डे र मावितर्फ कोहलपुर वागेश्वरीका प्रिन्स विक तृतिय स्थान प्राप्त गरेका छन् । चित्रकला प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बालबालिकाका क्षेत्रमा नियमित नयाँ नयाँ कार्यक्रम गरिराख्न अनुरोध गरेका थिए ।

बालबालिकाका अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्ने र नयाँ विषय बस्तुलाई सिक्ने र सिकाउने वातावरण बनाउने सहयोग गर्ने क्लबका बालबालिकाहरुले, इलाका प्रहरी कार्यालय, क्रिसा, प्याब्सन र एन प्याब्सनलाई धन्यवाद समेत दिएका थिए भने यस्ता कार्यक्रमलाई नगरपालिकाले समेत सहयोग गर्ने नगर प्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा कोहलपुरका सामुदायिक र संस्थागत विद्यालय गरी ४३ वटा विद्यालयहरुले चित्रकला प्रतियोगितामा सहभागि भएका थिए ।

Nabintech