५ जेष्ठ २०८१, शनिबार
बाँकेमा तेक्वान्दोको सिनियर ग्रेडिङ्ग सम्पन्न

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८०, शनिबार १६:४२

कोहलपुर,बाँके: तेक्वान्दो संघको केन्द्रिय तालिका अनुसार बाँके जिल्ला भित्र संचालित डोजाङ्गमा रहेका सिनियर खेलाडीहरुको परिक्षा ग्रेडिङ्ग असोज १३गते सम्पन्न भएको छ।
बैजनाथ गाउँ पालिका ,जानकी ,राप्ती सोनारी, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका खेलाडीको सहभागीतामा ग्रेडिङ्ग प्रक्रिया सम्पन्न भएको हो

ग्रेडिङ्ग प्रक्रियामारातो पेटि तर्फ ४१ जना खेलाडी सहभागी रहेका थिए भने ५७ ब्याज कालो पेटि फस्ट डन तर्फ २७जना महिला पुरुष र ५३ ब्याज दोस्रो डन तर्फ६जना खेलाडीहरुको सहभागिता रहेको थियो।


बाँके जिल्ला तेक्वान्दो संघको आयोजनामा कोहलपुर नगरपालिका वडा न.२मा रहेको सुपर स्टार तेक्वान्दो डोजाङ्गमा सम्पन्न कार्यक्रममा राखेप बोड सदस्य श्रीमान थापा मगरले कोहलपुरलाई चिनाउने खेल र राष्ट्रिय पदक जितेर आउने खेल पनि तेक्वान्दो खेल भएको जानकारी गराउदै राज्यले स्थानीय तह प्रदेश र राष्ट्रिय पदक जित्ने खेलमा लगानी गर्न र हौसला दिन आग्रह गरेका थिए ।

खेलाडीको परिक्षा नेत्र बहादुर थापा ,श्याम भट्टराई र सिद्ध बहादुर चन्दले लिएका थिए भने सहायक को रुपमा खड्क बहादुर रोकाय ,प्रकाश बुढा ,निसान कुमाइले परिक्षाको निगरानि गरेका थिए । जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेलाडीलाई शुभकामना ब्यक्त गरेको उक्त ग्रेडिङ्ग कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जङ्ग वीर चौधरीले कोहलपुर टाईम्सलाई बताए

Nabintech