६ जेष्ठ २०८१, आईतवार
एमालेको कर्णाली अधिवेशनमा मतदान सुरु

  • टाइम्स संवाददाता

  • १४ आश्विन २०८०, आईतवार १५:०२

सुर्खेत:नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइएन् ।शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो । तर शनिबारदेखि ६ पटकसम्म मतदानको समय सरेर अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुनेछन् । गत बुधबार सुरू भएको अधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो । सहमतिको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि निर्वाचन घोषणा गरिएको थियो । एमाले प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् ।त्यस्तै, सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा हुनेछ ।

Nabintech