६ जेष्ठ २०८१, आईतवार
सर्वोच्च परिसरमै ढलेकी भारतीलाई उपचारका लागि वीर अस्पताल लगियो

‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी


  • टाइम्स संवाददाता

  • १७ आश्विन २०८०, बुधबार १३:३१

नेपालगञ्ज: रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि प्रतिवादमा उत्रिँदै आजबाट आमरण अनशन थालेकी उनी सर्वोच्च परिसरमा न्याय माग्न पुगेकी थिईंन । सर्वोच्च परिसरमा पुग्नासाथ उनी बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको छ । उनलाई वीर अस्पतालमा लगिएको छ ।

२०७२ साल असार २९ गते दुई समूहबीच झडप हुँदा नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या योगराजले गरेका थिए । उक्त घटनापछि फरार रहेका ढकाल २०७३ सालमा अदालतमा आत्मसमर्पण गर्न उपस्थित भएका थिए । त्यसपछि २०७५ बैशाखमा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय तोकेपछि कारागार चलान भएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलका नेतासमेत रहेका ढकाललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसा राष्ट्रपतिले आममाफी दिएका थिए । उनी कैद सजाय पूरा नहुँदै जेलबाट रिहा भएपछि मानन्धरकी श्रीमती भारतीले मंगलबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकाललाई तत्काल कारबाही गर्न माग गरेकी थिईन् । आफ्नो माग पूरा नगरे आजबाट आमरण अनशन बस्ने उनले चेतावनी दिएकी थिईन् ।

‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ । रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए ।

चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारती मानन्धरले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग रेकी छन् ।
Nabintech