२५ बैशाख २०८१, मंगलवार
एमाले गण्डकी प्रदेश अधिवेशन : अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित

अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा सर्वसम्मती


  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८०, शुक्रबार ०७:१७

कास्की: नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । राती अवेर प्राप्त मतपरिणम अनुसार शर्माले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । शर्मा यसअघि पनि अध्यक्ष हुनुहन्थ्यो । शर्माले ५ सय ३१ मत पाउदाँ अधिकारीले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा शर्मा प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी हुनुभएको छ । गुरुङले ५ सय ३४ मत पाउदाँ उहाँका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा लमजुङका धनञ्जय दवाडी ५ सय २० मतका साथ विजयी हुनुभयो । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरी पराजित बन्नुभएको छ ।

त्यसैगरी उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उहाँका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याउनुभयो । उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारी प्यासीले ५ सय ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत मात्र प्राप्त गर्नुभयो ।

हिजो भएको मतदानमा कुल ९ सय ८ प्रतिनिधि मध्ये ८ सय ९६ जनाले मतदान गर्नुभएको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । अधिवेशनमा १ सय ६२ पदका लागि ३ सय ८२ जनाको उम्मेद्वारी परेकोमा ४५ पदमा भने सर्वसम्मती भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

Nabintech