२५ बैशाख २०८१, मंगलवार
सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्र विरुद्ध सचेत रहनुपर्ने: ज्ञवाली

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०८०, शुक्रबार १५:११

नेपालगञ्ज,बाँके:नेकपा एमालेका उप महासचिव प्रदिपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्र विरुद्ध सचेत रहनुपर्ने बताएका छन । नेकपा एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन ।

उनले मुलुकभित्र सामाजिक तथा धार्मिक सद्भाव खलबल्याएर अशान्ति मच्चाउन खोज्ने विरुद्ध आम नागरिक एकतावद्ध हुनुपर्नेमा जोड दिंदै उपमहासचिव ज्ञवालीले ‘नेपालगञ्जमा सामाजिक तथा धार्मिक सदभाव कायम राख्न दुबै पक्षका धार्मिक अगुवा, नागरिक समाजका अगुवा, राजनीतिक दल र आम नागरिकको भूमिका प्रशंसना योग्य रहेको बताए । राजनीतिक अधिकार प्राप्तीको मिसन पूरा भएको भन्दै ज्ञवालीले अबको मिसन समृद्ध देश बनाउने रहेकाले यसका लागि बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता पर्नेमा जोड दिए ।

उनले सरकार टिकाउन बर्तमान सरकार विभिन्न शक्ति केन्द्रसँग झुकेको भन्दै राज्य सन्तुलित बन्न नसक्दा राष्ट्रियता नै जोखिममा परेको दावी गरे । ज्ञवालीले युवा शक्तिहरु स्वदेशमा अवसर नपाइने अवस्थाले विदेश पलायन भइरहेको भन्दै यसबाट नागरिकमा तिव्र आक्रोश देखिएको बताए।

एमालेका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश स्कूल विभागका संयोजक लक्ष्मण ज्ञवालीले बलियो पार्टीका लागि स्कूल विभाग बलियो हुनुपर्ने मान्यताका साथ नियमित र ब्यविस्थत स्कूल सञ्चालन गर्न लागिएको बताए। उनले बाँके, दाङ र बुटवलमा केन्द्र राखेर प्रदेशका स्कूल सञ्चालन गरिनेमा जोड दिए ।

एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष तथा स्कूल विभाग प्रमुख डिल्ली विसीले शुल्क लिएर पहिलो चरणमा पालिका कमिटीका पदाधिकारीको सहभागितामा प्रदेशमै पहिलो पटक स्कूल सञ्चालन गरिएको जानकारी दिए ।एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटनमा केन्द्रीय सदस्य खेममान खड्का, मो. हारुन, शान्ति ढकाल, केन्द्रीय सल्लाहकार देबराज भार, लेखा आयोगका सदस्य विजया धिताल, प्रदेशसभा सदस्य रत्न खत्री लगायतको उपस्थिति रहेको थियो ।

Nabintech