२५ बैशाख २०८१, मंगलवार
नेपालगञ्जमा कफर्यु समय घट्दै, निषेधाज्ञा आज विहान ९ बजे देखि राती ८ बजे सम्म

५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा कायमै


  • टाइम्स संवाददाता

  • २० आश्विन २०८०, शनिबार ०७:२७

नेपालगञ्ज: बाँकेको नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको बिवाद र त्यसबाट उत्पन्न असहज परिस्थितीलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले विहिवार जारी सुचनालाई निरन्तरता दिंदै आज शनिवार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा विहान ९ बजे देखि राती आठ बजे सम्मलाई निषेधाज्ञाा जारी गरेको छ भने आठ बजेदेखि २१ गते विहान ४ बजे कफर्युलाई निरन्तरता दिएको छ ।

नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै आएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज २० गते बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफर्यु हटाउने र २० गते साँझ ८ बजेदेखि २१ गते बिहान ४ बजेसम्म कफर्यु रहने उल्लेख छ ।

स्थानीय प्रशासनले जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) क ३ बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फु आदेश जारी गरेको थियो । आज शनिवार सम्म आई पुग्दा प्रशासनले कफर्यको समयलाई विस्तारै घटाउदै लगेको छ भने निषेधाज्ञाको समय बढाउदै लगेको छ ।

साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Nabintech