२५ बैशाख २०८१, मंगलवार
नेपालगञ्जमा आज निषेधाज्ञा साझ १० बजे सम्म, कफर्यु २२ गते विहान ४ बजे सम्मलाई तय

  • टाइम्स संवाददाता

  • २१ आश्विन २०८०, आईतवार ०७:५३

नेपालगञ्ज :बाँकेको नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको बिवाद र त्यसबाट उत्पन्न असहज परिस्थितीलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले विहिवार जारी सुचनालाई निरन्तरता दिंदै आज आईतवार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा विहान १० बजे देखि राती दश बजे सम्मलाई निषेधाज्ञाा जारी गरेको छ भने साझ दश बजेदेखि २२ गते विहान ४ बजे सम्म कफर्युलाई निरन्तरता दिएको छ ।

नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै आएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज २१ गते बिहान १० बजेदेखि साँझ १० बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफर्यु हटाउने र २१ गते साँझ १० बजेदेखि २२ गते बिहान ४ बजेसम्म कफर्यु रहने उल्लेख छ ।

स्थानीय प्रशासनले जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) क ३ बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फु आदेश जारी गरेको थियो । आज शनिवार सम्म आई पुग्दा प्रशासनले कफर्यको समयलाई विस्तारै घटाउदै लगेको छ भने निषेधाज्ञाको समय बढाउदै लगेको छ ।

साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

Nabintech