६ जेष्ठ २०८१, आईतवार
कोहलपुरमा पुर्व प्रधान मन्त्रिद्धयलाई एन प्याब्सनको ध्यानाकर्षण

निजि क्षेत्रलाई उत्साहपुर्ण वातावरणमा काम गर्न दिने वातावरणका लागि राज्य र सरोकारवाला निकायलाई अनुरोध


  • टाइम्स संवाददाता

  • २४ आश्विन २०८०, बुधबार १०:४५

कोहलपुर,बाँके:  समाजवादी जागरण अभियानका क्रममा बाँकेको कोहलपुर आई पुगेका पुर्व प्रधान मन्त्रिद्धय माधव नेपाल र झलनाथ खनालको टिमलाई एनप्याब्सनले शैक्षिक क्षेत्र र शिक्षा बिषयका सवालमा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रिय उप महासचिव कुसुम रानाभाटको नेतृत्वमा समाजवादिका नेताहरुलाई उक्त ध्यानाकर्षण बुझाईएको एनप्याब्सन बाँकेका प्रेस सल्लाहकार विष्णु वेल्वासेले बताएका छन ।

ज्ञापन पत्रमा एनप्याब्सनले करिव चार दशक भन्दा लामो समय राज्यलाई निर्विकल्प शिक्षा सेवा दिएका शैक्षिक संस्थाहरुलाई भ्रमपुर्ण तरिकाले बिभिन्न बहानामा अल्मल्याउने, गुठिमा लैजान दवाफ दिने मात्र नभई निजि क्षेत्रलाई तहसनहस पार्न समेत राज्यपक्ष लागेको भन्दै राज्यले उचित संरक्षण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ ।

एसएलसि तथा एसईई को परिक्षा फललाई मात्र भजाउन खोज्नु राज्यले निजि बिद्यालयहरुलाई प्रयोग गर र फयाक भन्ने निती अविलम्ब गरेको भन्ने दावि गरेको एनप्याब्सनको ज्ञापन पत्रमा निजि क्षेत्रलाई उत्साहपुर्ण वातावरणमा काम गर्न दिने वातावरणका लागि राज्य र सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

यसरी ध्यानाकर्षण बुझाउन एनप्याब्सनका केन्द्रिय सदस्य श्याम कुवर, लुम्विनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, सहकोषाध्यक्ष कमल पछाई, प्रदेश सदस्य शिव डाँगि जिल्ला सचिव बेगम चन्द लगाएत एन प्याब्सनका नेताहरुको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझदै पुर्व प्रधान मन्त्रि तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निजि क्षेत्रलाई राज्यले संरक्षण गर्नुपर्ने भन्दै आफुहरु निजि विद्यालयप्रति पुर्ण रुपमा सकारात्मक रहेको बताए ।

उनले राज्यका तिन खम्बे नितीहरु मध्य निजि क्षेत्र पनि रहेको र सो अन्तरगत निजि बिद्यालयहरु पनि पर्ने भएकाले सरकारले हालै ल्याएको शिक्षा बिधयकमा भएका त्रुटिहरुलाई सच्चयाई पारीत गर्नुपर्नेमा आफनो पार्टि प्रतिबद्ध रहेको बताएका छन । जारी संविधानमा समेत समाजवादी शब्द राख्न नदिने गरिह समेत सक्रिय रहेको भन्दै पुर्व प्रधानमन्त्रि नेपालले आफनो देश दौडाहका क्रममा जनताका अधिकांस समस्याको पहिचान गर्ने र देशमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत अधिकारलाई सुनिश्चित गर्दै देशलाई समाजवाद उन्मुख गराउने आफनो रणणिती भएको उल्लेख गरे ।

कार्यक्रममा पुर्व प्रधानमन्त्रि झलनाथ खनाल, केन्द्रिय सदस्य घनश्याम भुसाल, प्रकाश ज्वाला लगाएतको उपस्थिती रहेको थियो ।
आजै पुर्व प्रधान मन्त्रिद्धयलाई बाँकेका प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका उच्च पदस्त कर्मचारी, निजि तथा सरकारी बिद्यालयका शिक्षक एबं बाँकेका बिभिन्न घटक सर्मथित कर्मचारीहरुले समेत भेटघाट तथा छलफल गरेका छन ।

Nabintech