६ जेष्ठ २०८१, आईतवार
कृषी र औद्योगिक विकास समाजवादिको प्राथमिकतामा: पुर्व प्रधानमन्त्री नेपाल

सभामा बाँके जिल्लाका एक सय बढि एमाले कार्यकर्ताहरु समाजबादिमा प्रबेश


  • सरला सुबेदी

  • २४ आश्विन २०८०, बुधबार १६:१२

कोहलपुर,बाँके: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाँकेलाई कृषि अनि औद्योगिक क्षेत्रको रुपमा बिकसित गर्नुपर्ने धारणा ब्यक्त गरेका छन । देशव्यापी ‘समाजवादी जागरण अभियानका क्रममा बाँके आइपुगेका नेता नेपालले कोणसभालाई सम्बोधन गर्दै देशलाई सुशासन कायम गराउनुका साथै पुँजीवाद र भ्रष्टाचारमुक्त बनाउन जिम्मेवार सरकार चाहिएको बताए । हरेक वर्ष महँगीको पहाड अग्लिँदै गएको बताउँदै नेता नेपालले चुलिँदै गएको महँगीलाई नियन्त्रण गर्न म यहीँबाट प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु उनले भने ।’

उनले रोजगारि समृद्धि र सुशासनको नारालाइ पुरा गर्न कृषि उद्योग शिक्षा र स्वास्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउदै नेता नेपालले राष्ट्रिय पुजिवादको बिकास गर्न जनतालाइ कृषि तर्फ उत्साहित गर्न जनमुखि कृषिमुखि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

सरकारले कृषि क्षेत्रमा प्रोत्साहन गरिरहँदा त्यसबाट उत्पादित वस्तुको बजारीकरणमा ध्यान नदिँदा कृषि क्षेत्रमा राज्यले गर्दै आएको लगानी सार्थक नदेखिएको बताउदै एकिकृत समाजबादिका अध्यक्ष समेत रहेका नेपालले गरिबी उन्मूलनका लागि रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने अवस्थामा किसानले उत्पादन गरेको वस्तुले बजार नपाउनु र पाए पनि उचित मूल्य नपाउनुले दिनानुदिन देश रित्तिँदै गएको भन्दै चिन्तासमेत प्रकट गरे ।

जुनसुकै पार्टी र सरकारले जनतासँग नङ र मासुको सम्बन्ध कायम गराउनु पर्नेमा वर्तमान सरकार त्यस दिशा तर्फ नलागेको प्रति इंगित गर्दै नेता नेपालले ‘त्यसैका लागि नेकपा एसले असोज १४ गतेदेखि जागरण अभियान सुरू गरेका जिकिर गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला, केन्द्रिय सदस्य घनश्याम भुसाल लगायत नेताहरुले समाजवादि जागरण अभियानका बारे चर्चा गरेका थिए ।

समाजवादि मेचि महाकाली जागरणकै क्रममा आज कोहलपुरमा आयोजित सभामा बाँके जिल्लाका एक सय बढि एमाले कार्यकर्ताहरु समाजबादिमा प्रबेश गरेको नेकपा एकिकृत समाजवादि जिल्ला कमिटी बाँकेले दावि गरेको छ ।नव प्रबेशिहरुलाई नेताहरुले अविर खादा सहित पार्टिमा स्वागत गरेका थिए ।

Nabintech