६ जेष्ठ २०८१, आईतवार
इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन ढिलाइ

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८०, बिहीबार ०७:१५

काठमाण्डाै: इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ। जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका पनि उहाँले बताउनुभयो । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने उहाँले बताउनुभयो ।

Nabintech