१६ बैशाख २०८१, आईतवार
शिक्षक सङ्गठनले गर्यो शुुभकामना आदान प्रदान

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०८०, आईतवार ०८:४५

कोहलपुर,बाँके: नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँके जिल्ला समितिले बडा दशै, तिहार, छठ तथा नेपाल संबत् जस्ता नेपालीहरुका महान चाडहरुको उपलक्षमा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा  हालै सम्पन्न काठमाण्डौ केन्द्रीत शिक्षक आन्दोलन र माग सम्बोधन सम्बन्धमा भइरहेका पहलको बारेमा अन्तरक्रिया समेत गरिनुका साथै निवृत शिक्षक हेम कुुमार रावत र नन्द बहादुुर चन्दलाई सम्मान समेत गरिएको थियो । असोज २७ गते शनिवार कोहलपुुर नगरपालिका ४ मा रहेको सगरमाथा ज्ञानपुुञ्ज माध्यमिक बिद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा जिल्लाका सबै पालिकाबाट १०० बढी शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रेखा धितालले गर्नुु भएको थियो ।

नेकपा एमाले बाँके जिल्ला कमिटि अध्यक्ष किस्मत कुुमार कक्षपती प्रमुुख अतिथि र माननिय रत्न खत्रीले बिशिष्ट अतिथिको रुपमा शुुभकामना मन्तव्य राख्दै शिक्षक आन्दोलनले उठान गरेका मागहरु नेपालको शिक्षा प्रणालीमा आमुुल परिवर्तन गर्नकालागी आवश्यक भएकोले ति मागहरु शिक्षा ऐनमा समावेश गराउन आफ््नो पार्टीले प्रभावकारी भुुुमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

कार्यक्रममा सगरमाथा ज्ञानपुुञ्ज मा.वि.का बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुुन पौडेलले आफुुले सरकारी विद्यालयलाई हुुने खाने अभिभावकको पहिलो रोजाईको विद्यालय बनाउन चाहेको कुुरा व्यक्त गर्नुुभयो । सङ्गठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कोहलपुुर नगरपालिका अध्यक्ष निम प्रकाश थापाले राख्नुु भएको थियो । सङ्गठनका पालिका अध्यक्षहरु , महासंघ तथा सङ्गठनका विभिन्न नेताहरुले शुुभकामना मन्तव्य राख्ने क्रममा शिक्षक आन्दोलनले शिक्षकका पेशागत माग मात्र नउठाइ समग्र सार्वजनिक शिक्षाको सुुधारकालागी महत्वपुुर्ण मागहरुको उठान गरेकोले संसदले छलफलबाट माग सम्बोध गरि शिक्षा ऐन पारित गर्नुु पर्ने कुरामा जोड दिएका थिए ।

Nabintech