१५ बैशाख २०८१, शनिबार
कोहलपुरको मुख्य बजार क्षेत्रमा पहिलो पटक दुर्गामुर्ति सहित पुजा

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०८०, आईतवार १८:१८

कोहलपुर,बाँके:बाँकेको कोहलपुर नगरपालिकाका बिभिन्न ग्रामिण क्षेत्रमा बडा दशैंको अवसरमा देवी भगवती दुर्गाको मुर्ति स्थापना गरि नव दुर्गा भरि पुजा आजा गरिदै आएको भएपनि बजारको मुख्य स्थानमा भने देवी भगवती दुर्गाको मुर्ति पहिलो पटक स्थापना गरि पुजाआजा गर्ने परिपाटिको शुरुवात गरिएको छ ।

बेटर बाँकेको सक्रियतामा कोहलपुर नगरपालिका वडा नं. ११ स्थित खुल्ला मैदानमा दुर्गाको मुर्ति स्थापना गरि आज आईतवारदेखि नव दुर्गाको अवधिभर देवी दुर्गाको उपासना गरि पुजा गरिने भएको छ । कोहलपुर नगरपालिका संरक्षक र उद्योग बाणिज्य संघ कोहलपुर पर्वद्धक रहेको नवदुर्गा पुजा कार्यक्रमको सहकार्य लायन्स क्लव अफ कोहलपुर र जनसरोकार पैरवी अभियान नेपालले गरेका छन ।

नव दुर्गाको आज पहिलो दिन बटुकहरुबाट स्वस्ति वाचन सहित पुजा कार्यक्रमको श्रीगणेश गरिएको छ । तामाको भाडोमा दियो बाल्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले देवी दुर्गाको पुजा आजाको श्रीगणेश गरेका हुन । सो अवसरमा उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल, रास्वपाका नगर सभापति भरत पनेरुले संक्षिप्त मन्तब्य ब्यक्त गर्दै नेपालीहरुको कला, संस्कृती, धर्म र परम्परालाई जोगाउन पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोड दिए । उनीहरुले नेपाली मौलिकता जोगाउन र सामाजिक सदभाव कायम राख्न सनातन धर्मावलम्विहरुले अहम भुमिका खेल्नुपर्नेमा समेत जोड दिएका थिए ।

वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारी, वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, लायन्स क्लवका चिन्तामणि धिताल, तेज प्रसाद अधिकारी, हिन्दु अभियान्ता अर्जुन जंग शाह, मोहन चापागाई, सिएम उपाध्याय, भुम भण्डारी र बेटर बाँकेका क्रियाशिल सदस्यहरुको उपस्थितीमा आयोजित नव दुर्गा पुजाको श्रीगणेश कार्यक्रममा बेटर बाँकेका अध्यक्ष देबेन्द्र पौडेलको अध्यक्षता तथा सचिव संजिववावु पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Nabintech