१६ बैशाख २०८१, आईतवार
शिक्षण अस्पताल कोहलपुरले सञ्चालनमा ल्यायो अत्याधुनिक ल्याव

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०८०, आईतवार १९:२३

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विरामीहरुको सहजताका लागि भुई तलाबाटै बिभिन्न ल्याव परिक्षण गर्नेगरि अत्याधुनिक ल्याव सेवा आज आईतवारबाट शुरु गरेको छ ।

यस अघि पहिलो तलाबाट हुदै आएको शिक्षण अस्पतालको ल्याव सेवा अव सबै नागरिकले देख्ने गरि भुई तलावाटै नयाँ ब्यबस्थापन, शिघ्र र चुस्त सेवा प्रदान गर्ने गरि सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जनाएको छ । आज आईतवार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेस कनौडियाले अत्याधुनिक ल्याव सेवाको उदघाटन गरेका छन ।

अत्याधुनिक उपकरणसंगै बैज्ञानिक विधिबाट गरिने यस ल्याव सेवाबाट अस्पतालमा सेवा लिन आएका विरामीहरुले आफनो रगत, खकार लगाएत उपचारका क्रममा नगरी नहुने परिक्षणहरु गरि छिटो छरितो र भरपर्दो परिक्षण गर्न पाउनेछन भने चिकित्सकहरुलाई समेत विरामीहरुलाई उपचार गर्न सहज हुने डा कनौडियाले विश्वास ब्यक्त गरेका छन ।

बिभिन्न रोगका लक्षण अनुसार ल्याव परिक्षण गर्नुपर्ने उपकरणहरु थप्दै गएको शिक्षण अस्पताल कोहलपुरले कणाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबाट उपचारका लागि आउने विरामीहरुलाई सेवा दिंदै आएको छ ।पछिल्लो समय बिभिन्न रोगसंग सम्बन्धित बिषेशज्ञ डाक्टर सहितको सेवा दिंदै आएको यस अस्पतालले विपन्न, गरिव, मुक्त कमैया, पिछडिएको क्षेत्रका विरामीहरुलाई बिशेष छुटमा उपचार गर्दै आएको छ ।

Nabintech