१९ बैशाख २०८१, बुधबार
बाघ आतंकले भरैयावासि चिन्तित, तत्काल राहत उपलब्ध गराउने सांसद ढकालको प्रतिबद्धता

कोहलपुरको कौशिलानगरदेखि राप्ति सोनारीको कुसुम सम्म तारजालि लगाईने यस बर्ष २ करोड २५ लाख बजेट


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०८०, सोमबार ०८:००

कोहलपुर,बाँके: बाँके राष्ट्रिय निकुञ्जसंग सटेको कोहलपुर १३ मा रहेको भरैया गाउमा पटक पटक बाघ गाउमा पसेर आतंक मच्चाउन थालेपछि चिन्तामा परेका छन । बाँके राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा बाघले आक्रमण गर्न थालेको यो नौलो घटना भने होईन, उचित तारवारको ब्यबस्था हुन नसक्दा जनताको जीउ धनको क्षति हुने भयले स्थानियहरु त्रसित भएका हुन ।

शनिबार राती बाघ भरैया गाउ पसेर बितन्डा मच्चाउदा ससिराम वलि र अन्य एक किसानका १४ वटा खसी बाख्रा खोरमै मारीदिएको थियो भने ३ वटा खसि बाख्रालाई सक्त घाईते बनाएको थियो। बाघले दशैंकालागी बेच्ने तयारीमा रहेका १४ वटा खसीरबाख्रा खोरबाटै तानेर खाईदिएपछि गाँउमा त्रास फैलिएको कोहलपुर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले बताएका छन । यसअघि समेत बिभिन्न समयमा गाँउमा बाघ पस्ने गरेको भएपनि यसपटक ठुलो क्षती गरेको खड्काले बताए ।

२ वर्षअघि निकुञ्जबाट बस्ती पसेर खोरमै पुगेर आतंक मच्चाउने एउटा बाघलाई बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको थियो । बाघले दिनहुँजसो मानिस र पशु चौपायामाथि आक्रमण गर्नेक्रम नरोकिएपछि डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिई चितवनमा लगेर छाडेको थियो ।

बाघले निरन्तर पशु चौपाया तथा मानिसलाई आक्रमण गर्ने गरेको बिषयलाई लिएर बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले घटनाको स्थलगत अवलोकन गरेका छन । उनले किसानहरुले ठुलो क्षति ब्यहोर्नु परेको भन्दै निकुञ्ज प्रशासनलाई उचित क्षतिपुर्तिको ब्यबस्था गर्न अनुरोध गरेका छन । दशैंको मुखमा किसानलाई यो क्षति सामान्य नभएको भन्दै ढकालले यथाशिघ्र क्षति उपलब्ध गराउन आफुले समेत केन्द्रबाटै पहल गर्ने समेत बताएका छन ।

कुसुम देखि कौशिलानगर सम्मको मध्यवर्ति क्षेत्रभित्र कार्तिक देखि माघ सम्म अत्याधिक रुपमा बाघ लाग्ने स्थानिय सुरेन्द्र थापाले बताएका छन । निकुञ्ज क्षेत्र नजिकमा रहेका बस्तिहरुका घरहरुबाट बाघले पशु चौपायालाई क्षति नगरेको कुनै घर नभएको स्थानियवासिहरु बताउछन ।

सांसद ढकालले कुसुमदेखि कौशिलानगर सम्म जंगलि जनावरको आतंक रोक्न मेस तार जालिकालागि बजेट बिनियोजन भईसकेको बताएका छन । उनले अवको ५ बर्षभित्र उक्त तारजालिको काम सम्पन्न हुने गरि यस बर्ष २ करोड २५ लाख विनियोजन भई कार्यान्वयणको चरणमा गईसकेको समेत बताए ।

Nabintech