१९ बैशाख २०८१, बुधबार
आश्था इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउसले पायो भेष्पा स्कुटर

सफल ब्यबसायी शरद लामिछानेलाई भेष्पाको चावी हस्तान्तरण


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०८०, सोमबार २०:३८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा बिगत ३० बर्ष देखि इलेक्ट्रोनिक्स ब्यबसाय संचालन गर्दै आएको ज्वाला इलेक्ट्रोनिक्सको छानामुनि रहेको रहेको आश्था इलेक्ट्रोनिक्स एण्ड मोबाइल हाउसले इलेक्ट्रोनिक्स सामाग्री कोहलपुरे माझ विक्री वितरण तथा मर्मत गर्दै आएको छ । कोहलपुर क्षेत्रमा प्रतिष्ठित यो पसल कोहलपुर क्षेत्रकै आर्कषक विक्रेता पनि हो ।

बिक्रि क्षेत्रमा आफनो राज जमाउन सफल हाउसले अनर मोबाइल बिक्री मा अनवरत उत्कृष्टठता हात पार्दै आएको छ ।सेल्ट्रोन नेपाल र लुम्बिनी प्रदेश बाँके, बर्दियाको आधिकारिक विक्रेता फ्युचर टेक मार्फत ‘अनर भेस्पा’ योजनामा आश्था इलेक्ट्रोनिक्स एण्ड मोबाइले शतप्रतिशत लक्ष्य हासिल गर्न सफल भएको कम्पनी जनाएको छ । कम्पनीले दिएको सेल्स टार्गेट पुरा गरी व्यवसायिक सफलता हासिल गरे भन्दै आयोजित एक समारोहका विच आस्थाले पुरस्कार स्वरुप भेष्पा स्कुटर प्राप्त गर्न सफल भएको छ ।

सोमबार सेल्ट्रोन नेपालका सेल्स म्यानेजर चक्र न्यौपाने र फ्युचर टेकका प्रोप्राइटर भोजराज पाण्डेले संयुक्त रुपमा आश्था इलेक्ट्रोनिक्स एण्ड मोबाइलका सञ्चालक शरद लामिछानेलाई स्कुटरको चाबी हस्तान्तरण गरेका छन । कम्पनीका उनीहरुले आस्था मोेबाईल पसलमै आएर स्कुटरसहित चाबी हस्तान्तरण गरेका हुन ।

कम्पनीले दिएको टार्गेट छोटो समयमै पुरा गरेकाले पुरस्कार स्वरुप स्कुटर प्रदान गरिएको सेल्ट्रोन नेपालका सेल्स म्यानेजर चक्र न्यौपानेले बताए। उनले ‘आश्था इलेक्ट्रोनिक्स एण्ड मोबाइलले इमान्दारितापूर्वक कम्पनीको योजनालाई सफल बनाउन खेलेको भूमिका प्रशंसनिय गर्दै यस्ता सफल ब्यबसायिका कारण सेल्ट्रोन नेपालले राष्ट्रियस्तरमै छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीको दावी रहेको छ ।

Nabintech