१९ बैशाख २०८१, बुधबार
कोहलपुरमा स्थापना गरिएको नब दुर्गा पुजालाई सहयोगको अपिल

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०८०, मंगलवार ०६:२७

कोहलपुर, बांके: कोहलपुरको मुख्य बजारमा पहिलो पटक स्थापना गरिएको नवदुर्गाको पूजा स्थलमा हिजो राती आएको हावा हुरीको कारण पूजा स्थलमा सामान्य क्षति भएको कारण उत्पन्न असहज परिस्थिति लाई पनि आयोजकले सहज बनाउँदै सामान्य क्षतिलाई मर्मत सम्भार गरी बिहानी आरती बाट पूजा आजा निरन्तर रहने आयोजकले बताएका छन्।


सामान्य क्षतिलाई लिएर जन मानसमा परेको भ्रमलाई चिर्न विभिन्न व्यक्ति तथा निकायबाट सहयोग र सद्भाव आइरहेको भन्दै आयोजकले इच्छुक भक्तजनहरुलाई सक्दो सहयोग गर्न समेत अपिल गरेको छ।
घटस्थापनाको दिन देखि कोहलपुरको मुख्य बजारमा दुर्गा देवीको मूर्ति स्थापना गरी नवरात्र भरी पूजा आराधना गर्ने गरी पिङ्ग को समेत व्यवस्थाका साथ दशैं मनाउन कोहलपुरमा बेटर बाँकेले व्यवस्था गरेको कुरा भरत पनेरुले कोहलपुर टाईम्सलाई जानकारि दिए ।

Nabintech