६ जेष्ठ २०८१, आईतवार
नेपाल एयरलाइन्सले नेपालगञ्जबाट हिमाली जिल्लामा दैनिक उडान गर्ने

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०८०, बिहीबार १४:३५

नेपालगञ्ज : नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले आगामी मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको जानकारी दिए ।

उनले दसैँमा नेपालगञ्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगञ्जलगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएको बताए ।कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगञ्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ । नेपालीहरूको महान पर्व दसैँ, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको हो ।

Nabintech