२२ बैशाख २०८१, शनिबार
देउखुरीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०८०, शुक्रबार १३:०८

दाङ: दाङकाे देउखुरीमा गएराति जीपले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीकाे ज्यान गएकाे हाे। काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको माेटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

घाइते भएका चाैधरीकाे सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हाे । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिसहनियाँले भालुवाङ पठाइएको प्रहरीले जनाएकाे छ ।

Nabintech