२२ बैशाख २०८१, शनिबार
बाँके जिल्लाका प्रमुखहरुको उपस्थितीमा सञ्चारिका समुहको शुभकामना आदान प्रदान

नेपाली पर्वहरुले भाईचाराको सम्वन्ध स्थापित गराउन ठुलो मद्धत गर्ने


  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०८०, शुक्रबार १७:४२

कोहलपुर,बाँके:नेपालीहरुका महान चाडहरुको पुर्व सन्ध्यामा बाँकेको कोहलपुरमा जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा प्रमुख लगाएत उच्च पदस्थ ब्यक्तित्वहरुको उपस्थितीमा आज शुक्रवार सञ्चारिका समुह बाँकेले अन्तरक्रियात्मक शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बाँके जिल्लाको शान्ति सुरक्षा अमन चयन र सदभावका बिषयमा चिन्ता र चासो ब्यक्त गरेका छन ।

No description available.
प्रमुख अतिथी एबं कोहलपुर नगरपालिकाकी उप प्रमुख तथा न्यायीक समिती संयोजक संगिता पौडेल सुवेदीले नेपाली संस्कार, संस्कृती र चाडपर्वहरुलाई जोगाई राख्नुपर्ने भन्दै चाडपर्वमा हुने दुर्घटना न्युनिकरणका निम्ति आम नागरिकहरु आफै सचेत हुनुपर्नेमा जोड दिईन ।
नेपाली पर्वहरुले भाईचाराको सम्वन्ध स्थापित गराउन ठुलो मद्धत गर्ने गरेको स्मरण गर्दै उप प्रमुख सुवेदीले स्थानिय सरकार पत्रकारहरुसंग समन्वय र सहकार्यमा काम गर्न कन्जुस्याई नगर्नेमा जोड दिईन ।

उनले महिलाहरु अझ महिला पत्रकारहरुलाई समाजमा अगि बढन निकै चुनौती रहेको बताउदै महिला हस्ताक्षरहरु थप शशक्त रुपले अगाडि बढन हिम्मत हार्न नहुने बताईन । महिलाहरु विवाहपछि पेशाबाटै पलायन हुने अबस्थालाई चिर्न स्थानिय स्तरमा महिला पत्रकारहरुका लागि नगरपालिकाले प्याकेजमा कार्यक्रमहरु सञ्चालन गरिने समेत बताएकी उप प्रमुख सुवेदीले पत्रकार र स्थानिय निकायको सम्बन्ध मजवुद पार्न आफुले बिषेश भुमिका खेल्ने समेत प्रतिबद्धता ब्यक्त गरिन ।

कार्यक्रमका बिशिष्ठ अतिथी एबं बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बाँकेमा सदभावमा देखिएका कमिकमजोरीहरुलाई परिपुर्ति गर्ने भन्दै सरोकारवाला निकायसंग आफनो छलफल अन्तरक्रिया भईरहेको बताए ।
राष्ट्रिय अखण्डता खलल पुरयाउने अधिकार कसैलाई नभएको भन्दै प्रमुख जिल्ला अधिकारि पोखरेलले पत्रकारहरुले कलम चलाउदा समेत सचेत हुनुपर्नेमा जोड दिए ।

पत्रकारहरुलाई गुण र दोषका आधारमा समाचार बनाउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सदभाव खल्बल्याउन खोज्ने पत्रकार भएपनि अनुसन्धानको घेरमा पर्ने कुरा प्रष्ट पारे । सामाजिक सदभाव खलवलाउने तत्वहरुको पहिचान गर्न बाँके जिल्ला प्रशासन सुक्ष्म अनुसन्धानमा लागिरहेको चर्चा गर्दै पोखरेलले त्यस्ता ब्यक्तिहरुको समाजिक सञ्जालमा गर्ने गतिबिधिको समेत ट्रयाकिङ गरि पहिचान गर्ने र कारवाहिको दायरामा ल्याईने बताए ।

बाँके प्रहरी प्रमुख एबं प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले पत्रकारहरुलाई संयम भएर पत्रकारीता गर्न आग्रह गर्दै आ आफनो धर्म निर्वाह गरौं जिम्मेवार बनौ भन्ने सन्देस समाजलाई दिन पत्रकारहरुका कलमहरु चल्नुपर्नेमा जोड दिए । बाँकेलाई प्रहरीले अपराध मुक्त क्षेत्र बनाउन चहान्छ यसमा आम नागरिक र पत्रकारहरुको पनि उत्तिकै भुमिका रहेको औंल्याउदै प्रहरी प्रमुख बोहराले शान्ति, सुरक्षा, अमन चयनकालागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले बाँके जिल्लामा पत्रकारहरुमाझ असुरक्षित महसुस भएको उल्लेख गर्दै जिल्लाका प्रमुख सुरक्षा निकायहरुले यस बिषयलाई गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिए ।

उनले बाँकेमा महिला पत्रकारहरु मुश्किलले १५ प्रतिशत सहभागिता रहेको चर्चा गर्दै महिला पत्रकारहरुको संख्या बृद्धिका निम्ति महासंघले बिभिन्न आर्कषक कार्यक्रमहरु ल्याउने समेत बताए । स्थानिय जनप्रतिनिधि र पत्रकारहरुको सम्बन्धको दुरि बढिरहेको उल्लेख गर्दै उपाध्यक्ष शर्माले सम्बन्धलाई मजबुद पार्न जिम्मेवार स्थानिय सरकारका जनप्रतिनिधि र नेतृत्वको ध्यानाकर्षण गराए ।

बडा दशैं, दिपावलि,छट तथा नयाँ सम्बतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रेस चौतारि बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका सचिव भिष्म लोध, नेपाली काङ्ग्रेस बाँका सभापति नारायण गौडेल, नेकपा एमालेका लुम्विनी प्रदेश सदस्य गोपाल गिरी, ईलाका प्रहरी कार्यालय प्रमुख सुन्दर तिवारी,बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुबेदी, जेशिस कोहलपुर अध्यक्ष ध्रुव आचार्य लगाएत अतिथीहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनि जिएमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पवित्रा परियारले गरेकि थिईन भने कार्यक्रममा कोहलपुरका २५ बढि क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Nabintech