२६ बैशाख २०८१, बुधबार
बेटर बाँके चंगा चैट कम्पिटिसनमा देवकोटा फस्ट

नेपाली कला, संस्कृती र परम्परा संरक्षण र संबद्र्धनमा बेटर बाँकेले निरन्तर अभियान चलाउने


  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८०, सोमबार १८:५४

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा मुख्य बजार क्षेत्रमा दुर्गादेवीको मुर्ति स्थापना गरि सर्वसाधारणलाई पुजा आजा तथा भजन किर्तन गर्ने अवसर प्रदान गरेको बेटर बाँकेले आज नवमीका दिन युवाहरुमा चंगा चैट कार्यक्रमको आयोजना गरेको छ । १५ जनाको सहभागिता रहेको आज आयोजित चंगा चैट प्रतिस्पर्धामा कोहलपुरका युवा आयुष देवकोटा फस्ट भएका छन । उनले आफना प्रतिस्पर्धिको चंगालाई धागोले काटेर जमिनमा खसाउन सफल भएका थिए ।

प्रबेश शुल्क एक सय पाँच तिरेर प्रतिस्पर्धामा उत्रिएका सहभागिहरुले आफु सफल हुन भरपुर प्रयास गरेको भएपनि दास्रो स्थानमा प्रदिप थापा र तृतीयमा संजय मण्डल आउन सफल भएका छन । सहभागिहरुबाट उत्कृष्ट हुन सफल तथा प्रथम द्धितीय र तृतीयलाई जनहि एक हजार र चंगा पुरस्कार प्रदान गरिएको देबेन्द्र पौडेलले कोहलपुर टाईम्सलाई बताए ।

कोहलपुरमा पहिलो पल्ट कला, संस्कृती र परम्परा जोगाउन बेटर बाँकेले कोहलपुर नगरपालिका, जेसिस, उद्योग बाणिज्य संघ बिभिन्न वडा,ब्यक्ति तथा चन्दा दाताहरुबाट संकलित रकमले कोहलपुरको मुख्य बजार न्युरोड स्थित मैदानमा दुर्गादेवीको मुर्ति स्थापना गरि दैनिक नित्य पुजा र बेलका आरती सहितको भजन कृतन गर्दै आएको छ । लोप हुन लागेको नेपालीहरुको संस्कार ,संस्कृती संरक्षण र प्रबद्धन गर्दै
आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्यका साथ युवाहरुले यस्तो धार्मिक पवित्र कार्यक्रमको आयोजना गरेको बेटर बाँकेका उपाध्यक्ष संजय मण्डल बताउछन ।

६० को दशक अघि गाउघरमा दशैं घर बनाउने बिभिन्न भजन कृतन गर्ने चंगा उडाउने एबं लिंङ्गे पिंङ खेलने परम्परा भएको भएता पनि ६० यता निरन्तर हिन्दु सनातन धर्म माथिको प्रहार र बिदेसि देखासिकीले नेपाली मौलिक संस्कृती हराउदै गएको भन्दै मण्डलले हामीले संरक्षण नगरे कस्ले गर्ने भन्ने युवा जोशका साथ दुर्गादेवी स्थल स्थापना गरि दैनिक पुजा आजा र नित्य कर्म गरिएको बताए ।

देवी स्थल आसपास लिंङ्गे पिङ बनाई धर्माबलम्बिहरुलाई आर्कषित गरि दैनिक आरती सहितको पुजा आजा गर्दै आएको देवी स्थल भने भोली देखि सुनसान हुनेछ ।भोलि बिजया दशमीको टिका पश्चात नदि घाटमा देवीको मुर्ति बिर्सजन गरि दशैं उत्सवलाई बिर्सजन गरिने बेटर बाँकेले जनाएको छ ।

यसै बिच नेपाली कला, संस्कृती र परम्परा संरक्षण र संबद्र्धनमा बेटर बाँकेले निरन्तर अभियान चलाउने जनाएको छ । बिभिन्न ब्यक्ति,संस्था संगको सहकार्यमा बिभिन्न रचनात्मक काम गर्दै आएको युवाहरुको समुह बेटर बाँकेले सचेतना फैलाउने र सचेत गराउने कार्यमा समाजमा खरो रुपमा उत्रिदै आएको छ ।

Nabintech