१९ बैशाख २०८१, बुधबार
बाँकेमा आज मदिरा सेवन र बिक्रि वितरणमा रोक

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०८०, बुधबार ०६:२२

नेपालगन्ज:  बाँकेमा आज एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात आज एकादशिका दिन दुर्गा मुर्ती विसर्जन र्याली निस्कने भएकाले र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज विहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलद्वारा जारी सूचनामा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल गर्नुभएको छ । सूचनाको वर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कार्वाही गरिने उल्लेख छ । बाँकेमा बडा दशैंको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मुर्ती पबित्र जलकुण्ड रनदी घाटहरुमा विसर्जन गर्ने परम्परा छ ।

यसैवीच  जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट अर्थात आज गरिने दुर्गा मुर्ती विसर्जनका लागि समय सीमा निर्धारण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ती विसर्जनको समय सीमा निर्धारण गरिएको जानकारी दिए ।

उनले दुर्गा भवानीको मुर्ती विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मुर्ती विसर्जन सम्पन्न गर्न अनुरोध गरिएको बताए ।

Nabintech