२० बैशाख २०८१, बिहीबार
बाँकेमा कडा सुरक्षा ब्यबस्थाका साथ दुर्गा मुर्ति बिर्सजन

जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो


  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०८०, बिहीबार ०५:५६

कोहलपुर,बाँके: दुर्गा भवानीको मूर्ति ९प्रतिमा० विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा गराउदै दुर्गा मुर्ति बिर्सजन गर्ने कार्य सम्पन्न गरेको छ। मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उनले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताए। ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ। सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको थियो।

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक हिज बुधवार एक दिनका लागि आउन कडाइ गरिएको थियो भने जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्रप्रहरीको एक एक वटा कमान्ड पोस्ट स्थापना गरिएको थियो। नेपालप्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको थियो। दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए।

सुरक्षाअवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्रप्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्लासुरक्षा समिति बाँकेले जनाएको छ। मूर्ति विसर्जनका लागि हिन्दु धर्मालम्बिहरुले गर्न सिधनिया राप्ति ,अगैया,  मानखोला सम्म लैजाने परम्परा रहेको छ ।

Nabintech