२५ बैशाख २०८१, मंगलवार
बाटो, नाला र पुल निर्माणमा कसैले बखेडा निकाल्न नहुने

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०८०, बिहीबार १०:५९

कोहलपुर,बाँके: बडा दशैं दिपावलि तथा छट पर्वका अवसरमा कोहलपुर १२ चप्परगौरीमा बिबिध बिषयमा छलफल गरिएको छ । संघिय माननिय सुर्य ढकालको बिषेश उपस्थितीमा वडा नं. १२ को विकास निर्माणका बिषयमा छलफल सम्पन्न भएको हो ।

छलफलमा विकास निर्माण गर्दा बाटो, नाला र पुल पुलेसा निर्माणका क्रममा कसैले पनि बखेडा झिकेर विकास निर्माणलाई अवरोध नर्गन अनुरोध गरिएको छ । हरेक बाटाहरु निर्माण गर्दा सहमतिका आधारमा १६ देखि १८ मिटर सम्म हरेक नारिकहरु तयार रहनुपर्ने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुको जोड रहेको छ ।

जनप्रतिनिधिहरुलाई विकास निर्माणका सवालमा झकझकाई रहनुपर्ने भन्दै संघिय माननिय सुर्य प्रसाद ढकालले स्थानिय जनताको विकासमा निकुञ्ज बाधक भए सहन नसकिने भन्दै निकुञ्जलाई निषेध गरेर भएपनि बाटो घाटो निर्माणलाई तिब्रता दिईने जिकिर गरे ।
उनले जनताका पशु चौपायाहरु दिनरात निकुञ्जको शिकार भईरहेको उल्लेख गर्दै अहिलेको क्षतिपुर्ति अपुरग भएको रउचित क्षतिपुर्तिका लागि केन्द्र स्तरमा पहल गरिने बताए । विकास निर्माणमा स्थानिय सरकार, वडा सरकार रकेन्द्र सरकारको समेत ध्यानाकर्षण गराउन जनता नै जाग्नु पर्ने भन्दै जनप्रतिनिधिलाई बजेटको ब्यबस्थाका लागि बेला बेला स्मरण गराउन चुक्न नहुनेमा जोड दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, ने.का. प्रदेस सदस्य टेक नारायण भुसाल, जनमोर्चाका तुल्सि सापकोटा रास्वपा नगर सभापति भरत पनेरु, स्थानिय बेगम थापा,नर बहादुर खडका लगाएतले वडा नं. १२ र १३ को विकास निर्माणका बिषयमा आ आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

Nabintech