४ जेष्ठ २०८१, शुक्रबार
समृद्धि बहुउद्देश्यीय सहकारीको शुभकामना आदान प्रदान

  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८०, आईतवार ०७:०१

बझाङ : नेपालीहरुको महान चाड बडादशै तथा तिहारको उपलक्ष्यमा बझाङमा रहेको समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । बझाङको बित्थडचिर गाउँपालिकाको देउलेखमा चियापान कार्यक्रम राखिएको उक्त कार्यक्रमका सहकारीका सञ्चालक समिती पदाधिकारी, लेखा समितीका सदस्य, शेयर धनिहरु तथा स्थानिय सरकारका प्रतिनिधी र सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज अवस्थीले आगामी दिनमा कृषि तथा युवा उद्धमशिलता विकासमा जोड दिने बताए । वित्थडचिर पालिकाका अध्यक्ष अमरसिंह महरले सहकारीको संस्थागत विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पालिका प्रवक्ता हरिशचन्द्र जोशीले सहकारीले आगामी दिनमा नयाँ नौला कार्यक्रम ल्याउनु पर्ने बताए । सहकारीका सल्लाहकार इन्द्र बहादुर मल्लले पालिकाका सबै वार्डमा कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिए । सहकारीले आफ्नो सदस्यका लागि शेयरसमेत जारी गरेको छ ।

Nabintech