२५ बैशाख २०८१, मंगलवार
लुम्बिनी प्रदेशमा २ दिनमा काटियो ९ सय ६ जना सेवाग्राहिको लाईन

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८०, मंगलवार १५:२६

नेपालगञ्ज : लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट आइतरबार र सोमबार गरी विद्युत महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख ई. हरिप्रसाद पाण्डेले जानकारी दिए । उनले नौ सय ६ जना सेवाग्राहीबाट ९१ लाख ५२ हजार १ सय ७१ रुपियाँ महशुल उठ्न बाँकी रहेको बताए ।
दुई दिनमा नेपालगञ्ज वितरण केन्द्रबाट २९ लाख ४७ हजार ७ सय रुपैयाँ बक्यौता रहेका २७५ जना, गुलरीया वितरण केन्द्रबाट ७ लाख १९ हजार ८ सय २४ रुपैयाँ बक्यौता रहेको १०८ जना, घोराही केन्द्रबाट ४ लाख ९३ हजार २ सय १३ रुपैयाँ बक्यौता रहेका ७८ जना छन् । त्यस्तै, कोहलपुर केन्द्रबाट २५ लाख ४९ हजार ५ सय ५९ रुपैयाँ बक्यौता रहेका १५५ जना र राजापुर केन्द्रबाट १ लाख २९ हजार ८ सय १९ रुपैयाँ बक्यौता रहेका १८ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार लमही वितरण केन्द्रबाट ७ लाख २० हजार १ सय ६३ रुपैयाँ बक्यौता रहेका ११० जना, तुलसीपुर केन्द्रबाट ४ लाख ६३ हजार ५० रुपैयाँ बक्यौता रहेका ४६ जना, प्युठान केन्द्रबाट २ लाख ८९ हजार २ सय ७५ रुपैयाँ बक्यौता रहेका ६१ जना, रुकुमपूर्व केन्द्रबाट ४ लाख १२ हजार १ सय ५३ रुपैयाँ बक्यौता रहेका ३० जना र रोल्पा केन्द्रबाट ४ लाख २७ हजार ४ सय १५ रुपैयाँ बक्यौता रहेका २५ जना सेवाग्राहीको लाइन पनि काटिएको छ ।
दुई दिनमा ३२७ जना सेवाग्राहीले आफ्नो बाँकी बक्यौता रकम जम्मा गरेर आफ्नो लाइन पुनःजोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए । ३२७ जना सेवाग्राहीबाट आइतबार र सोमबार गरी ४६ लाख ७६ हजार ४ सय ६० रुपैयाँ बाँकी बक्यौता रकम सङ्कलन भएको उनले बताए । नेपालगञ्ज वितरण केन्द्रबाट ८२ जनाले १७ लाख ९० हजार ३ सय रुपैयाँ, गुलरीयाबाट ३१ जनाले २ लाख १३ हजार ८ सय ७९ रुपैयाँ, घोराहीबाट ५१ जनाले ८ लाख ३४ हजार ८ सय ३० रुपैयाँ, कोहलपुरबाट ३९ जनाले ९ लाख ५९ हजार ५ सय १८ रुपैयाँ, राजापुरबाट ९ जनाले ७० हजार २ सय ४८ रुपियाँ, लमहीबाट ४० जनाले २ लाख ४५ हजार १ सय ५६ रुपैयाँ उठ्न बाँकी छ । त्यस्तै, तुलसीपुरबाट २५ जनाले ३ लाख २९ हजार ६३ रुपैयाँ, प्युठानबाट ३७ जनाले १ लाख ४७ हजार ५ सय ७२ रुपियाँ, रुकुमपूर्वबाट ४ जनाले ११ हजार ३ सय ५५ रुपैयाँ र रोल्पा वितरण केन्द्रबाट ९ जनाले ७४ हजार ५ सय ३९ रुपैयाँ बाँकी बक्यौता रकम सङ्कलन गरेर आफ्नो लाइन पुनः जोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले गत आइतबारदेखि ६० दिन पुग्दासम्म पनि विद्यु्त महसुल नबुझाएका सेवाग्राहीको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।
Nabintech