२५ बैशाख २०८१, मंगलवार
खजुरास्थित कृषि अनुसन्धानका मजदुरहरु आन्दोलित

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८०, मंगलवार १५:५३

 नेपालगञ्ज : बाँकेको खजुरा स्थित जानकी गाउँपालिका ४ मा रहेको कृषि अनुसन्धान निर्देशनालयमा मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । ज्यालादारीमा काम गर्दै आइरहेका मजदुरहरु ज्याला वृद्धिको मागसहित आन्दोलन गरिरहेका छन् । अखिल नेपाल कृषि मजदुर संघ बाँके कृषि अनुसन्धान निर्देशनालयमा हाल पाइरहेको भन्दा ज्याला बढाउन माग गर्दै आन्दोलनमा आउन परेको इकाई कमिटि अध्यक्ष कृष्ण माया गुरुङ्गले जानकारी दिइन् ।

हाल ५७७ दैनिक ज्याला मजदुरहरुले हाजिरी अनुसार पाइरहेकोमा अबका दिन देखि राजपत्रमा उल्लेखित ६६८ पाउनुपर्ने माग राखेका हुन् । यो संगै मजदुरहरुले ज्यामिको हप्तामा ६ दिन काम अनिवार्य हुनुपर्ने, सामाजिक सुरक्षा लागु गरिनुपर्ने, ज्यामिको पहिचान (परिचय पत्र)को व्यवस्था गरिनुपर्ने माग सहित अनिश्चतकालिन आन्दोलनमा मजदुरहरु उत्रिएको इकाई कमिटी अध्यक्ष गुरुङ्गले बताइन् ।

मजदुरहरुको ज्याला वृद्धि नगरिए दैनिक हुने कामकाज बन्द गर्ने, कार्यालय घेराउ गर्ने, कार्यालय बाहिर शान्तिपुर्ण आन्दोलन जारी राख्ने लगाएतका क्रियापलाप गरिने गुरुङ्गले बताइन् ।

Nabintech