२५ बैशाख २०८१, मंगलवार
मुख्य मन्त्रि कोहलपुर गोल्ड कपको तयारी पुरा , बुधवार उदघाटन

प्रत्यक खेलाडिको विमा गरिएको, बृद्ध बृद्धा र अशक्तहरुलाई बसेर खेल हेर्ने ब्यबस्था


  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८०, मंगलवार १८:४२

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आयोजना हुन गईरहेको मुख्य मन्त्रि कोहलपुर गोल्ड कपको तयारी पुरा भएको आयोजक क्लव रेसिङ्ग सहारा कलव कोहलपुरले जनाएको छ ।

कार्तिक १५ गतेदेखि २२ गते सम्म हुने मुख्य मन्त्रि कोहलपुर गोल्ड कपमा आठ क्लवहरु कोहलपुर रेसिङ्ग सहारा क्लव बाँके, चर्च ब्वाईज युनाईटेड काठमाण्डौ, गोखा ब्वाईज स्र्पोट्स क्लव बुटवल, सुदुरपश्चिम ११ स्र्पोट्स क्लव धनगढि, त्रिभुवन आर्मि क्लव काठमाण्डौ, बि.एफ.सि. चितवल क्लव चितवन, एभिनियर एफ।सि। क्यामरुम र दधौली स्र्पोट्स क्लव सिन्धुलीले सहभागिता जनाउने छन ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीले  विहिवार उदघाटन गर्ने कोहलपुर गोल्ड कपको उदघाटन खेल दिनको ठिक २ बजे आयोजक क्लव कोहलपुर रेसिङ्ग सहारा क्लव बाँके र चर्च ब्वाईज युनाईटेड काठमाण्डौ बिच हुनेछ । नक आउटका आधारमा खेलिने खेलमा सर्वोउत्कृष्ट हुने टिमले आठ लाख रुपैया र मेडल पाउने छन भने उपबिजेताले ४ लाख नगद सहित मेडल पाउनेछन ।त्यसैगरि उत्कृष्ट खेलाडिलाई स्कुटर प्रदान गरिने आयोजक बताएको छ ।

खेल तयारीका लागि ३ हजार अटाउन सक्ने अस्थाई प्याराफिडको काम तिब्र रुपमा भएको छ भने दुई वटा मुख्यद्धार तथा २ वटा आपतकालिन द्धार समेत निर्माण कार्य सम्पन्न भएको कोहलपुर गोल्ड कपका संयोजक राम बहादुर मल्लले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार अस्थाई शौचालय संगै नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा घुम्ति शौचालयको पनि ब्यबस्था गरिएको छ । पानीको ब्यबस्था तथा दर्शक बस्ने दिर्घालाई अत्यन्त सुरक्षित बनाउन क्लवले १० जना निजि सुरक्षा गार्डको ब्यबस्था गरेको छ भने नगर प्रहरी तथा नेपाल प्रहरीको समेत सुरक्षा जिम्मा रहने छ ।

यस पटक प्रत्यक खेलाडिको विमा गरिएको, बृद्ध बृद्धा र अशक्तहरुलाई बसेर खेल हेर्ने ब्यबस्था गरिएको समेत जानकारी दिईएको पत्रकार भेटघाट कार्यक्रममा भोलि उदघाटन खेलका क्याप्टेनहरु जनक के.सि.र रुविन राईले खेलप्रति आफुहरु निकै उत्साहित भएको र मर्यादित तवरले खेल प्रर्दशन गर्ने समेत वचनवद्धता ब्यक्त गरेका छन ।

राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराई,राष्ट्रिय म्याच कमिसार दयाराम सापकोटा, राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य नरेन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबि क्षेत्रि, कोहलपुर नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि तथा स्थानिय युवाहरुको सहभागितामा गरिएको खेल उदघाटनको पुर्व सन्ध्यामा पत्रकारहरुको जिज्ञाशामा राष्ट्रिय खेलकुद परिषद लुम्विनी प्रदेश सदस्य सचिव जय प्रसाद भट्टराईले खेल सञ्चालनमा आफनो समभाव,सदभाव,नियमण र नियन्त्रण रहने बताएका छन । दर्शक र सुरक्षा खेलको निति नियमको अनुगमण समेत राखेपले गर्ने उल्लेख गर्दै भट्टराईले खेलका क्रममा कुनै समस्या आईपरेको खण्डमा प्रदेशले समेत हेर्न जिकिर गरे ।

बाँकेको कोहलपुरमा हुन गईरहेको गौरवको खेल मार्फत यहाको पर्यापर्यटन र बाँकेका आर्कषक गन्तब्यको समेत प्रचार प्रसार गर्न पत्रकारहरुले आयोजक क्लवलाई सुझाएका छन । उनीहरुले अन्तराष्ट्रिय क्रिकेट रंगशालाका विषयमा कुरा उठाउदै अस्थाई प्याराफिट हैन स्थाई प्याराफिट निर्माण गर्नेबारे राखेपको ध्यानाकर्षण समेत गराएका छन ।

Nabintech