२२ बैशाख २०८१, शनिबार
मुख्य मन्त्रि कोहलपुर गोल्ड कपको उदघाटन सम्पन्न, आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइज बिजयी

भोलि बिहिबारको खेल गोर्खा ब्वाईज स्र्पोट्स क्लव बुटवल र सुदुरपश्चिम ११ स्र्पोट्स क्लव धनगढि विच दिउसो ३ बजे देखि हुने


  • बिकल भट्टराई

  • १५ कार्तिक २०८०, बुधबार २०:०८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आयोजना गरिएको मुख्य मन्त्रि कोहलपुर गोल्ड कपको उदघाटन लुम्बिनी प्रदेश सभाका मुख्य मन्त्रि डिल्लि बहादुर चौधरीले गरेका छन । आज भएको उदघाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई स्तब्द पार्दै चर्च ब्वाईज क्लव काठमाण्डौले विजय हासिल गरेको छ ।

आजको खेलमा प्रथम हाफ र दास्रो हाफ सम्म कुनै पनि क्लवले गोल गर्न नसकेपछि ट्राईब्रेकरमा ४ का बिरुद्ध ५ गोल हान्दै चर्च ब्वाईज क्लव काठमाण्डौ विजय भएको हो । उदघाटन खेलमा चर्च ब्वाईज क्लव काठमाण्डौकै गोलकिपर अभिषेक चौधरी म्यान अफ द म्याच भएका छन । उनलाई आयोजकले ५ हजार बरावरको चेक सहित पुरस्कृत गरेको छ ।

खेलको उदघाटन गर्दै लुम्विनी प्रदेशका माननिय मुख्य मन्त्रि डिल्लि बहादुर चौधरीले कोहलपुर क्षेत्रमा प्याराफिट सहितको रंगशाला आवश्यक भएको भन्दै स्थानिय सरकारको प्रस्तावलाई प्रदेश सरकारले सर्मथन गर्ने बताए । कोहलपुरमा आयोजना हुने गोल्ड कपलाई अर्को बर्षदेखि रातो कितावमा राखेर संस्थागत गरिने भन्दै मुख्य मन्त्रि चौधरीले कोहलपुरको हरेक विकासमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।

खेल कुनै पार्टी जाति र धर्मको नभएको उल्लेख गर्दै चौधरीले खेलका माध्यमबाट सबै समान हुन भन्ने सन्देश जाने भएकाले पनि एकताको सन्देश दिन पनि खेललाई प्राथामिकतामा राख्न आफु प्रतिबद्ध रहेको चर्चा गरे । एकता नभए देश बन्दैन, एकता संस्कृती हो भन्ने अभिब्यक्ति दिएमा मुख्य मन्त्रि चौधरीले एकले अर्कोलाई सम्मान गर्न नसके देशमा विकराल स्थिती आउने भन्दै सबै जनता, नेता र कार्यकर्ता सामाजिक सदभावका निम्ति सचेत र चनाखो रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोहलपु। नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले अन्य बिधामा जस्तै खेलकुदमा पनि कोहलपुर अग्रणी स्थानमा रहेको भन्दै गोल्ड कप प्रति नगरपालिका समेत भावनात्मक रुपले जोडिएकाले अव बन्ने नयाँ सरकारले यसको संस्करणबाट पन्छिन नमिल्नेमा जोड दिए । विकास संगै खेलकुदका पुर्वाधारको पनि आवश्यकता महशुस गरिएका भन्दै मेयर आचार्यले गोल्ड कप मात्र नभएर अन्य बिधाका खेल मार्फत ब्यबसायिक खेलाडि उत्पादन र बाँके जिल्लाको पर्यापर्यटनलाई जोडन सके सुनमा सुगन्ध हुनेमा विश्वास ब्यक्त गरे ।

संभावनाको शहर कोहलपुरलाई प्रदेश र सघिय सरकारले समेत बिषेश प्राथामिकतामा राखेको उल्लेख गर्दै मेयर आचार्यले तीनै तहका सरकारले प्राथामिताका आधारमा यस क्षेत्रको दिगो विकासमा जोड दिने बताए ।

खेलकुद संयोजक राम बहादुर मल्लको स्वागत मन्तब्यबाट शुरु भएको उदघाटन शत्रमा लम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि चन्द्रकेश गुप्ता, लम्विनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले समेत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका बिभिन्न पालिकाका प्रमुखहरु, कोहलपुर नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु,बिभिन्न राजनैतिक दलका स्थानिय, जिल्ला तथा प्रदेशका नेताहरु, लम्विनी प्रदेश खेलकुद विकास समितीका पदाधिकारीहरु , राखेप सदस्यहरु, रेफ्रि, खेलाडि, प्रदेशका माननियहरु, एन्फा, जिल्ला खेलकुदका पदाधिकारीहरु, बिभिन्न बिद्यालय, आयोजक प्रायोजक तथा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

२२ गते सम्म चल्ने कोहलपुर गोल्ड कपको भोलि बिहिबारको खेल गोर्खा ब्वाईज स्र्पोट्स क्लव बुटवल र सुदुरपश्चिम ११ स्र्पोट्स क्लव धनगढि विच दिउसो ३ बजे देखि हुनेछ । बिभिन्न मौलिक बाजा गाजा सहित नगर परिक्रमाका साथ उदघाटन गरिएको आजको कार्यक्रमको सञ्चालन आयोजक क्लवका सचिव नवकिरण शाहले गरेका थिए ।

फोटो: संजय मण्डल /कोहलपुर टाईम्स

Nabintech