२२ बैशाख २०८१, शनिबार
मुख्य मन्त्रि गोल्ड कप आज गोर्खा ब्वाईज र सुदुरपश्चिम ११ बिच भिडन्त हुने

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०८०, बिहीबार १३:५३

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० प्रतियोगिता अन्तर्गत आज गोर्खा व्वाईज स्पोर्ट्स क्लब, बुटवल र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब, धनगढी विच कोहलपुर २ को खेल मैदान तेह्र विगाहमा हुने कार्यक्रम तय भएको रेसिङ सहारा क्लब कोहलपुरका सचिव नव किरण शाहले कोहलपुर टाईम्सलाई बताएका छन । खेल दिउँसो ठिक ३ बजेबाट सुरु हुनेछ भने आजको खेल रोमाञ्चक हुने आयोजकको दावि रहेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार उद्घाटन गरेका थिए । उद्घाटन खेलमा नै आयोजक रेसिङ सहारा क्लब कोहलपुर बाहिरि सकेको छ । नक आउटका आधारमा खेल खेलाईएकाले अव आयोजक क्लवले अन्य क्लवसंग खेल्न पाउने छैन ।


‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासहित जारी प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुर गोल्ड कपमा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्। उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेताले ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र टिनको अस्थायी पर्खाल निर्माण गरिएकोमा यस पटक खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरेको छ। उद्धघाटन खेल निःशुल्क अवलोकन गराइएकोमा आजदेखि टिकट काटेर शुल्क लिइने आयोजकले जनाएको छ । गत वर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधि एफसी क्लब क्यामरुनुले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाडौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । यसपटक भने प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँसहित ट्रफि र दोस्रोलाई चार लाख प्रदान गरिनेछ ।

 

Nabintech