१ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्ज नाका हुदै भित्रियो १० करोड बढिको केरा, नेपाली उत्पादन मारमा

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०८०, बिहीबार १४:१२

नेपालगञ्ज: बाँकेको नेपालगञ्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै रु १० करोड ३१ लाख २५ हजार मूल्य बराबरको केरा भित्रिएको छ ।चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लु प्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ ।

भारतबाट केरा भित्रिएसंगै नेपालमा उत्पादन हुने केरा किसानहरु भने मारमा परेका छन ।नेपालमा उत्पादन हुने केरा पाकेपनि हरियो हुने तर भारतबाट आउने केरा हेर्दामा समेत पाकेको जस्तो देखिने भएकाले पनि केरा पारखिहरु नेपालमा उत्पादित केरा भन्दा भारतका केरामन पराउने भएकाले पनि भारतिय केरा भित्राउनु परेको ब्यपारीहरु बताउछन ।

Nabintech