१ जेष्ठ २०८१, मंगलवार
शिक्षण अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको छ :राना

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार ०५:४३

कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विशिष्टिकृत सेवा प्रदान गर्दै आईहरेको जनाएको छ । कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार सहित अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आईहरेको जनाएको हो । अस्पतालका निर्देशक प्रा. डा. रेशम बहादुर रानाले दक्ष जनशक्ति र पर्याप्त उपकरणकाबीच अस्पतालले विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको बताउँदै आगामी दिनमा सेवालाई थप विशिष्टिकृत बनाउँदै लैजाने बताए । डा. आलेले न्यूरो सर्जरी,अर्थोपेडिक , हेमोडायलाइसिस, यूरो लगायतका विशिष्टिकृत सेवाहरु अस्पतालबाट प्रवाह भइरहेको जानकारी दिए ।

कार्डियोलोजी, नेफ्रोलोजी, इन्डोक्राइनोलोजिष्ट लगायतका सेवाहरुलाई थप्दै शिक्षण अस्पताल कोहलपुरलाई थप विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्ने लक्ष्यका साथ आफुहरु लागिपरेको पनि डा. रानाको भनाइ छ ।

उनले नेपालगन्ज मेडिकल कलेज टर्सरी लेभलको (केन्द्रीय अस्पताल) का रुपमा रहेको पनि उल्लेख गरे । यो अस्पतालले सबै क्षेत्र, भुगोलका बिरामीहरुलाई सेवा प्रवाह गरेको छ उनले भने, क्रिटिकल केयरका हिसावले यसले टर्सरी लेभलकै सेवा प्रवाह गरेको छ। अस्पतालले विश्वसनीय, गुणस्तरीय र बिरामीमैत्री सेवा प्रवाह गरिहेको पनि उनले उल्लेख गरे । अस्पतालले विश्वसनीय, गुणस्तरीय र बिरामीमैत्री सेवा प्रवाह गरिहेको पनि उनले उल्लेख गरे ।

पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुनिल कुमार सिंह, अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठ, प्रशासन शाखा प्रमुख विष्णु पोख्रेल, नर्सिङ प्रमुख ललिता शर्मा, प्रशासन शाखा अधिकृत सञ्जय कुमार पन्त, कुश्माखर बस्याल लगायतको उपस्थिति रहेको थियो ।

Nabintech